भैरहवा, हुलाकी न्यूज | राप्रपा र लोसपा का प्रभावशाली नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन ।
केही दिन अघि मात्र राप्रपा बाट प्रवेश गरेका दिग्गज नेता कैलाश गुरुङ्ग को निवाश भैरहवामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व संसदीय उम्मेदवार जितेन्द्र चौधरी, पुर्व सभासद उम्मेदवार राम अबध गुप्ता र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नवलपरासी जिल्ला अध्यक्ष दिपचन्द्र कौशलसहित तीन दर्जन भन्दा बढी नेता- कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छ्न।
कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी. के राउत ले सबै नव प्रवेशीलाई टीका लगाई सदस्यता वितरण गरी पार्टीमा स्वागत गरेका थिए ।
चुनावको मिति नजिकिएसँगै जनमत पार्टीले अगुवा नेता कार्यकर्ता भेला तथा निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए ।