हुलाकी न्यूज, जनकपुरधाम, १८ भदौ । उत्पीडित समुदायको माग सम्बोधन गर्न माग गर्दै जनकपुरको युवा क्लबका अगुवाहरु सडकमा आएका छन् ।
जनकपुरको राम चौकबाट सुरु भएको युवा क्लबका अगुवा तथा सदस्यहरुको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । महावीर युवा कमिटीको अगुवाईमा निकालिएको जुलुस देवी चौक, मिल्स एरिया, भानु चौक हँुदै जनक चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादव, संरचना नेपालका अध्यक्ष अमर चन्द्र अनीलले मन्तव्य राखेका थिए ।
विरोध जुलुसमा राष्ट्रिय मधेश समाजवादी पार्टीसम्बद्ध युवा संगठन समाजवादी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा, मधेश अधिकार संघर्ष समितिका सरोज मिश्र एवं राम युवा कमिटी, गणेश युवा कमिटीलगायतका अगुवाहरुको सहभागिता थियो ।



