हुलाकी न्यूज,रुपन्देही | जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी के राउतको पूर्व निर्धारित भ्रमण तथा पार्टी प्रवेश कार्यक्रम भाद्र १० देखी १५ गते सम्म लुम्बिनी प्रदेशको पश्चिम मधेशका जिल्लाहरूमा केन्द्रित रहेको छ ।
भ्रमणका क्रममा आयोजित पार्टी प्रवेश कार्यक्रमहरुमा जसपा, लोसपा, राप्रपा, माओवादी लगायत विभिन्न पार्टीका प्रभावशाली नेताहरू आफ्ना दर्जनौं कार्यकर्ताहरु सहित पुरानो पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको छ ।
भाद्र ११ गते रुपन्देहीको कोटहीमाई गापामा आयोजित कार्यक्रममा जसपाका सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर प्रत्याशी अर्जुन जयसवाल सहित दर्जनौ कार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका थिए ।
त्यसैगरी भाद्र १२ गते, सम्मरीमाई गापा मा आयोजित कार्यक्रममा माओवादी पार्टी परित्याग गरी निवर्तमान गापा अध्यक्ष बब्लु शुक्ला सहित दर्जनौं कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । सोहि दिन नवलपरासीमा आयोजित अर्को कार्यक्रममा समेत अन्य पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गर्नेको लर्को देख्न सकिन्थ्यो ।
त्यसै क्रममा आज भाद्र १३ गते कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा नेपाल सद्भावना पार्टीको विभिन्न पदमा रहिसकेका तथा वर्तमानमा लोसपा का केन्द्रीय सदस्य राजेन्द्र गुप्ता, नेपाल सदभावना पार्टीका नेता तथा राप्रपाका पूर्व केन्द्रीय महासचिव कैलाश गुरुङ, जसपा को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् सभासद् नरसिंह चौधरी, लोसपाका नेता एवं लुम्बिनी सांस्कृतिक नगरपालिका का निवर्तमान मेयर मनमोहन चौधरी, नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष मुरारी अग्रवाल सहित दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।
अझै पनि रुपन्देही र कपिलवस्तुबाट अन्य कैयौं दिग्गज नेताहरु हाम्रो सम्पर्कमा रहेको र वहांहरु छिट्टै जनमत पार्टीमा आबद्ध हुने पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहाले जानकारी दिनुभएको छ ।
जनतामा जनमत पार्टी प्रतिको आकर्षण देखेर स्वतन्त्र रहेका व्यक्तित्वहरु लगायत विभिन्न पार्टीका दिग्गज नेताहरु समेत पुराना पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नेको लहर बढेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताउनु भयो ।