जनकपुरधाम,१० भाद्र।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको रूपमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

समानुपातिक तर्फपनि पहिलो नम्बरमै दल दर्ता गराएको पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवले भन्नुभयो ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फपनि जनमतले पहिलो नम्बरमा दल दर्ता गराएको थियो । निर्वाचन आयोगले आज शुक्रवार देखि समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दलहरूको निवेदन लिन सुरु गरेको हो।

आज विहान १० बजे जनमत पार्टीका नेताहरु निर्वाचन आयोगमा समानुपातिक तर्फ भाग लिनको लागि दल दर्ता गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.