सिरहा : निर्वाचित पश्चात् जनताको दैलोमा कहिले नदेखिएका अनुहार हुन सिरहा क्षेत्र न.२ का सांसद सुरेश चन्द्र दास यादव। उनी २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट बिजय भएका थिए । बिजय भएर काठमाडौ पुगेका उनी गाउँ कहिले फर्किएन्न। सभासदको हैसियतमा यस क्षेत्रका जनताको समस्या कहिले रोस्ट्रममा पुर्याएन्न। त्यति मात्रै होईन आफ्नै नेताकार्यकर्ता लाई समेत कहिले बास्ता गरेन्न। त्यसैको उपज हो आज यस क्षेत्रमा उनी विरुद्ध जनताको सेन्टिमेन्ट तानी रहेको देखिन्छ।
उनलाई ठक्कर दिने चर्चामा छन् – जनमतका इन्द्रजीत यादव । उनी जनमत पार्टीका केन्द्रिय उपमहासचिब हुन् । अमेरिका बस्दै आएका यादव जनमत पार्टीको भातृ संगठन गैर अबाशिय मधेशी संघका केन्द्रिय उपाध्यक्ष , अमेरिकाका लागि अध्यक्ष भइ काम गरिसकेका हुन। किसान आन्दोलन , भ्रष्टाचार आन्दोलन , नागरिकता बिधेक आन्दोलनमा अग्र मोर्चामा खटेर नेता कार्यकर्ता र जनताका मन जितेका नेता यादवको चर्चा अहिले जता ततै चलिरहेको छ।
निर्वाचित भए पश्चात् आफ्नो निर्वाचन क्षेत्रमा कहिले नदेखिएका उनी विरुद्ध जनताको कडा आक्रोश छन् । भने सीके राउत नेतृत्वको जनमत पार्टी लाई मतदान गरि बिजय गराउने चर्चा छ। गत स्थानीय निर्वाचनमा आफनै गृह गाउँपालिका औरहीको अध्यक्ष पदका टिकटको बिषयमा समेत बिवादमा परेका उनलाई यस पटक निर्वाचन लडन भन्ने कठिन छ।



