दिपेन्द्र यादव , सिरहा – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न नेताहरुको उम्मेदवारी घोषणाको दौड चलिरहेको छ। त्यसतै सिरहा सुखिपुरका ईन्द्रजीत यादव सिरहा क्षेत्र न.२ का लागि जनमत पार्टी बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने चर्चा छ। उनी जनमत पार्टीका केन्द्रिय उपमहासचिब हुन् ।

अमेरिका बस्दै आएका यादव जनमत पार्टीको भातृ संगठन गैर अबाशिय मधेशी संघका केन्द्रिय उपाध्यक्ष , अमेरिकाका लागि अध्यक्ष भइ काम गरिसकेका हुन। हाल जनमत पार्टीमा केन्द्रिय उपमहासचिबको जिम्मेवारीमा छन् । किसान आन्दोलन , भ्रष्टाचार आन्दोलन , नागरिकता बिधेक आन्दोलनमा अग्र मोर्चामा खटेर नेता कार्यकर्ता र जनताका मन जितेका नेता यादवको चर्चा अहिले जता ततै चलिरहेको छ।

सिरहा क्षेत्र न.२ मा अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार सुरेश चन्द्र दास निर्वाचित भएका थिए । निर्वाचित भए पश्चात् आफ्नो निर्वाचन क्षेत्रमा कहिले नदेखिएका उनी विरुद्ध जनताको कडा आक्रोश छन् । भने सीके राउत नेतृत्वको जनमत पार्टी लाई मतदान गरि बिजय गराउने चर्चा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.