सेतोपाटीमा प्रकाशित “अधिवक्ता दिपेन्द्र झालाई दिपेन्द्र झाजी, खै त आयोगका गाडी जलाउनेको नाममा खुला पत्र” शिर्षकको पाठक पत्र पढें । पत्र सर्लाहि जिल्लावाट वालकृष्ण वस्नेतले लेख्नु भएको छ । पत्र पुरै पढ्दा चारवटा कुरा प्रष्ट बुझिन्छ । पहिलो, मधेशमा भइरहेको अन्दोलनकारीहरु हिंस्रक हुन र प्रहरीले प्रतिरक्षाका लागी गोली चलाउंदा अन्दोलनकारी मारिएका हुन् । दोस्रो मधेश अधिकारका लागी वोल्ने सबै मधेशी समुदायका अधिकार कर्मीहरु तथा नागरिक समाज अयोग्य र पक्षपात गर्ने हुन, तेस्रो राष्ट्रिय मानव अधिकार आयोगको गाडी जलाइएकाहरुलाई खुलापत्र किन गएन र चौथो मधेशमा सामाजिक उत्पिडन, जातीय विभेद, महिला हिंसा, लगायत समाजिक समस्याहरु छन ।

अधिबक्ता दिपेन्द्र झाँलाई खुला पत्र

वालकृष्ण जी, तपाई आफुलाई मानव अधिकारकर्मी र नागरिक समाज भन्न रुचाउनु हुन्छ र तपाई मानव अधिकार तथा कानूनको विद्यार्थी भन्नु हुन्छ । तपाई का यी तर्कहरु कुनै नौलो वा अप्रत्याशित होइनन् । मधेशी अधिकारकर्मीहरु वा मधेशी समुदायका मान्छेहरु जव मधेश वा मधेशी अथवा नेपालीको नै किन नहोस अधिकारका लागी वकालत गरिन्छ तव यस्ता तर्क तथा आरोपहरु खेपिराखेका हुन्छन । यो कुनै नौलो कुरा होइन ।

वाल कृष्ण जी तपाईको नाभी मधेशमा गाडिएको भन्नु हुन्छ र आफ्नो परिवार र आफु पुर्णरुपमा नेपाली मधेशी भएको गर्व गर्नु हुन्छ । मधेशको वारेका धेरै कुराहरु जानकार भएको ठान्नु हुन्छ । तपाइको वुझाईमा मधेशमा समाजिक उत्पिडन, जातीय विभेद, महिला हिंसा, भष्टाचार लगायतका समस्याहरु छन । यो तपाइको मात्रै होइन धेरै जसो पहाडी समुदायको वुझाई हो । तराई भन्दा पनि कयौं गुना वढी जातिय भेदभाव तथा छुवाछुत, वोक्सी पर्था, अन्धविश्वास, मानव वेचविखन, घरेलु हिंसा, भ्रष्टाचार पहाड र हिमालमा छ । पहाड र हिमालमा वहु पति प्रथा, चेलीवेटी वेचविखन, छाउडा र वोक्सी जस्ता कुरितीहरु छैनन ? यी समाजिक समस्याहरु हिमाल, पहाड तराई सवै तिर छन् ।

वालकृष्णजी, तपाइलाई राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा आगजनी भएको अतिधेरै पिडा भएको छ । तपाइले कर्मचारीहरु माथि र्दुव्यहार भएको र कर्मचारीहरुले प्रयोग गरेका ज्याकेटहरु, काँपी र अन्य कागजात जलाएको आफनो तेस्रो नेत्रवाट हेर्नु भएको रहेछ । तर शान्तिपुर्णरुपमा भइरहेको आम सभामा एकाएक प्रहरीले गोली चलाएको र प्रहरीले चलाएको गोली लागी एक महिलाको मृत्यु भएको र १८ जना भन्दा वढिलाई गोलीको छ्ररा लागेर घाइते भई हाल सम्म पनि अस्पतालको वेडमा छटपटिएको तपाइको कुनै पनि नेत्रले हेर्न सकेन किन ? चुरे भावरकाले नियन्त्रमा लिई हरिपुर २ का १८ बर्षीय दलित युवक मेथुन पासवानको आँखा फोडिएको घटनाको चिन्ता भएन ।

मान्छेको जीवन भन्दा पनि अमुल्य वस्तु अरु केही हुन्छ ? तर तपाइलाई एउटा गाडी जल्दा कुनै आफन्त गुमाउनु भएजस्तो पीडा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगकै टोली संग तराई मानव अधिकार रक्षक संजालको पनि एक अधिकृत संगै थिए तर कसैको ज्याकेट जलाएको निजले हेर्नु भएन तपाइको तेस्रो नेत्रले मात्र हेर्न भ्यायो ।

कुनै पनि मानव अधिकार संघसंस्थाको गाडी जलाउनु अपराध हो । त्यो कदापि क्षम्य हुदैन र अपराध गर्ने जो सुकैलाई कानुनी कटघरामा उभ्याउनु पर्दछ । तपाँई त आफुलाई मानव अधिकार कर्मी भन्नु हुन्छ, अपराध गर्नेलाई कारवाही गर्ने निकाय त छदै छ नि त्यसको लागी त हामीले निरन्तर अपिल गरेका छौं ।

तपाईलाई टिकापुरको एक दुधे वालक र प्रहरी मारिएको धैरे चिन्ता सताएको महसुस भएको छ । तपाइको चिन्ता जायज पनि छ । म पनि एक मानव अधिकार कर्मी र एक मानवीय प्राणी भएको नाताले मलाई पनि पिडा नभएको होइन । तपाइ त दशैको जमरा पनि लगाउनु भयो होला, तिहारको टिका पनि थाप्नु भयो होला, तर तर म यस वर्ष दशै, तिहार , छठ कुनै पर्व मनाएको छैन ।

सम्पुर्ण मान्छेको स्वतन्त्र रुपमा वाच्न पाउनु व्यक्तिको नैर्सगिक अधिकार हो र सवैले वाँच्न पाउनु पर्दछ भन्ने मेरो चाहना हो । वहाँले टिकापुरमा दुधेवालक मारिएको पिडा पोख्नु भएको छ । वहाँको त्यो पिडा पनि जायज छ ।

मधेशमा अन्दोलनकारीहरु हिंस्रक भएको र अन्दोलनकारीहरु प्रहरी माथि अक्रमण गर्दा खेरी प्रहरीले आत्म रक्षाको लागी गोली चलाउंदा आन्दोलनकारीहरुको मृत्यु भएको तपाइको आशय छ । वालकृष्ण जी, तरकारी वजारमा एस.एल.आर, सटगन, थ्री नट थ्रीको गोली र वन्दुक पाइदैन । आन्दोलनकारी एस.एल.आर वोक्दैन र वोकेको पनि छैन । के दोष थियो ४ बर्षे वालक चन्दन पटेलको ? रुपन्देहीको वेथरी वजारमा चन्दन पटेलकी आमा तीजमा व्रत बस्न पुजा सामग्री लिन जाँदा प्रहरीले चार वर्षीय वालक चन्दन पटेलको टाउकोमा गोली हानी हत्या गर्यो ।

तरकारी वेची रहेकी सहवाती मुराऊ टाउकोमा, १४ बर्षीय वालिका रंजना सिंह क्षेत्रीलाई आफनो घरको किचनमा चिया पकाइ रहेको अवस्थामा घाटीमा गोली हानियो, रक्सी पसलमा रक्सी वेचि रहेको बिनोद लाकोललाई टाउकोमा, तरकारी किन्न गएका राजकुमार वरईलाई छातिमा र आफनो पसलको सटर वन्द गरिरहेको अवस्थामा नन्दनी पाण्डेयको तिघ्रामा गोली हानि हत्या गरियो । २ वालक २ महिला सहित ६ जनाको गोली हानी हत्या गरियो । एउटा पहाडी समुदायको बच्चाको हत्या हुंदा पत्र पत्रिका तथा मिडियाहरुको मुख्य समाचार बन्यो तर एक मधेशी समुदायको बच्चाको टाउको नै प्रहरीले गोली हानेर उडायो किन मुख्य समाचार वन्न सकेन ? तपाई जस्ता मानव अधिकार कर्मीहरुको मुखवाट एक शब्द पनि न निस्केन, यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ? एक सय भन्दा वढिलाई चोट पटक लाग्यो कतिजना अपाँग भए । कहाँ हराएको छ राष्ट्रिय मानव अधिकार आयोग ? खोइ आयोगको अनुसन्धान प्रतिवेदन ? हत्या र गम्भीर घाइते भएको मध्ये कुनै पनि आन्दोलनकारी थिएनन । एउटा हाट वजारमा गोली चलांउदा प्रहरी कति संवेदनशील छ भन्ने कुरा देखाउँछ ।

प्रहरी प्रशासनको नैतिकता माथि प्रश्न उठने कि न उठने ? मित्र तपाई त अन्तर्राष्ट्रिय तथा मानवीय कानुन त पढनु भएकै होला के यो मानवता विरुद्धको अपराध होइन र ? खै त तपाई जस्ताको चिन्ता ? के टिकापुर घटनामा मारिएको वालक मान्छे थियो र वेथरीको वालक कुनै वस्तु थियो ? एउटा राष्ट्रिय मानव अधिकार आयोगको गाडी जल्दा यती चिन्ता गर्ने मान्छे ५० औं र्निदोषको हत्या हुँदा किन एउटा पनि खुला पत्र लेखिएन ? के एउटा मानवको जीवन भन्दा एउटा गाडीको मोल धेरै छ ? तपाईको हाम्रो समाजमा कुनै महिलाको वच्चा भएन भने कति सम्म त्यो महिलालाई पिडा खेप्नु पर्दछ तपाँईलाई त थाहा होला नि ? यदि बिवाह भएको एक दुई बर्ष भित्र सन्तान भएन भने देश विदेशको कुनै डाक्टर वच्दैन कि जहँ वच्चा पाउनका लागी औषधी न गराएको होस । ओझा सोखा कहाँ समेत लाइन लागेको मैले हेरेको छु ।

२०७२ श्रावण ३ गते रुपन्देहीको भैराहवावाट करिव पन्ध्र हजारको संख्या प्रर्दशनकारीहरु सुनौली नाका वन्द गराउन जाँदा नाकामा न पुग्दै केही पहाडी समुदायका मान्छेहरुले प्रतिकार गरी खुकुरीले काटेर चार जनाको हत्या गरी डण्डा खोलामा फाले पच्चास भन्दा वढि गम्भीर घाइते भए । केही त अहिले पनि मृत्यु संग लडिरहेको छन के दोष थियो उनीहरुको ? जो प्रहरी र कुनै समुदाय माथि एउट ढुंगा पनि फालेका थिएनन । वेलहीयामा गम्भीर घाइते भएका दुर्गेश यादवलाई म आफै एम्बुलेन्समा राखेको तर आधा वाटोमा आएर एम्बुलेन्स रोकर एम्बुलेन्सवाट थुति फलामे राडले टाउकोमा र्निघात कुटपिट गरियो । अन्त्यमा काठमाण्डौ उपचारको क्र्रममा निजको मृत्यु भयो । कहाँ हरायो आफुलाई सभ्य समाज ठान्नेहरुको मानवता ? आफुलाई वीर गोरखाली भन्नेहरुको करतुत यहि हो कि निहत्था निर्दाेषको पछाडीवाट वार गरी हत्या गर्नु ? यस्ता गम्भीर अमानवीय अपराधका घटनाले तपाईलाई छोएन र ?

तपाइले भन्नु हुन्छ आन्दोलनकारी हिंस्रक भए, अराजक भए तर मित्र एक मानव अधिकार र कानूनको विद्यार्थी भएको हैसियतले मलाई वताइ दिनुस इँटा, ढुंगा, लाठीको वदला एस.एल.आर, सट गन, थ्री नट थ्रीको गोली हुनसक्छ ? कुन कानुनमा लेखिएको छ, मलाई पनि वताई दिनु परयो ? सवै प्रहरी संग सेफ्टी सिसाहरु, ढाल, सेफटी कपडाहरु लगाएको हुन्छ, ढुंगा रोक्ने ढाल दिएको हुन्छ, प्रति रक्षाको लागी वन्दुकहरु दिएको हुन्छ तर आन्दोलनकारीहरु संग एक जोर शुद्ध कपडा समेत हुदैन, हो लाठी डंडा लिएको हुन्छ, आन्दोलनकारीले ढुंगा हान्दैमा गोली चलाउनु पर्दछ भन्ने कुन कानुन र कुन मानव अधिकार पुस्तकमा लेखिएको छ ? प्रहरीले भीड तितिरवतर गर्न लाठी चार्ज, पानीको फोहरा, टियर ग्याँस फाल्न, हवाई फायर गर्न सक्छ प्रहरीको ज्यानै खतरामा भए पछि घुंडा मुनि गोली हान्न सक्ने कानुनी व्यवस्था सवैलाई थाहा भएकै हो । गोली चलाउनुको उद्देश्य भीडलाई तितरवितर गर्नु हो मान्छे मार्ने होइन जस्तो मलाई लाग्छ ।

के दोष थियो वीरगन्ज राधेमाइ टोलमा भाडामा बस्ने विद्यार्थी दिलिप चौरसियाको ? साझ करिब ५ बजेको समयमा तरकारी किन्न जाँदा छातिमा गोली हानी हत्या गरियो, के दोष थियो दिनानाथ शाह र जय प्रकाश शाहको साइकलमा घर देखी वीरगन्ज गइरहेको अवस्थामा छातिमा गोली हानेर हत्या गरियो ? कहाँको कानुनले भन्छ की एकाएक गोली चलाउनु ? तपाई भारतीय नागरिकको कुरा गर्नु भएको छ जुन सुकै देशको नागरिक हो त्यो मानव हो की होइन ? वीरगन्जको शंकराचार्य गेट नजिक आफ्नो घर गइरहेको अवस्थामा झडप नजिक पुग्दा उसलाई ताकेर गोली हानिएको छ । तपाई भिडियो हेर्नु भएको छ होला के वल प्रयोगको सिद्दान्तको प्रकृया पुरा गरिएको छ ? के लाठी चार्ज, अश्रुग्याँस, पानि फोहरा, हवाई फायर गरिएको छ ? कुनै पनि प्रकृया पुरा गरिएको छैन एका एक ताकेर गोली चलाइएको छ । वीरगन्ज, माइस्थान चोक देखि करिव ५ सय फिटको दुरीमा रहेको प्रर्दशनकारी सत्रुधन पटेलको छातिमा गोली हानी हत्या गरियो ।

तपाई हिंस्रक भन्नु हुन्छ, तर त्यसको हातमा एउटा ढुंगा पनि थिएन । वावा होटेलको कम्पाउण्डमा लुकेर बसेको सोहन जी शाह कलवारलाई हेर्नै वित्तिकै गोली हानि हत्या गरियो । वीरगन्जको रामराज पुल नजिक खुट्टामा गोली लागी घाइते भएका उपेन्द्र यादवको प्राथमिक उचार गर्दा धर्म राज सिंहको टाउकोमा करिव ५ सय फिटको दुरीवाट ताकेर गोली हानी हत्या गरियो । वाराको कलैयामा हिफाजत मियाँ अन्सारीलाई हातमा गोली लागेर भुईमा ढलि सके पछि निजलाई प्रहरी घेरामा हाली पुनः छातिमा दुई गोली हानी हत्या गरियो । के यो मानवता विरुद्धको अपराध होइन र ? मेरै आँखाको सामुन्ने जनकपुरमा नितु यादवको हात समाति हात जर्वजस्ती घुमाई भाँचेर पिठीउमा बुटले वजारी भुईमा पल्टाई पछाडीवाट टाउकोमा गोली हानी हत्या गरेको दृष्र्य मेरो नजरमा घुमि रहन्छ ।

छतमा मान्छे हेरेर गोली हान्नु घरमा पसेर निर्मम कुटपिट गर्नु कतिको जायज हो ? सप्तरीको भारदहमा आफनो छोरी संग आफनो ३ तल्ले छतमा बसेको दिलिप साहलाई टाउकोमा गोली हानि हत्या गरियो । निजको ८ बर्षीया छोरीको हातमा गोली हानियो यस्ता अमानवीय अपराध तपाईको मनलाई छोएन ? आन्दोलनकारीहरुलाई कस्ले तालिम दिएको छ ? कस्ले बुझाएको छ ? तीन महिना भन्दा पढि भइ सक्यो उसको कुरा कस्ले सुन्यो ? कति पटक तपाई जस्ता मानव अधिकार कर्मीहरु, नागरिक समाजहरु, कानूनका विद्यार्थीहरुले उसको कुरा सुन्न जानु भयो ? कति पटक लेख्नु भयो ? कतिवटा मुद्दा गर्नु भयो ? एउटा आयोग गाडी जल्दा यति उफर््ने अनि त्यस्तो अमानवीय तरिकाले, कायरता पुर्वक हत्या गर्दा मुखमा दहि जमाएर बस्ने ? प्रहरीले ठिकै गरयो भनेर भित्र भित्रै खुशी हुने ?

कुनै पनि कुराको एउटा सिमा हुन्छ । कुनै मान्छेलाई वारम्वार प्रहार गरीयो भने त्यो के गर्छ ? मरता क्या नही करता ? भन्ने एउटा धारणा पनि छ । मान्छेमा क्रोध उत्पन्न हुनु मानवीय नेचर हो मलाई लाग्छ क्रोधले अन्दोलनकारीहरुले औषधीको गाडी जलाए, एम्बुलेन्स जलाए, मान्छेको हत्या गरे, जुनकी घोर अपराध हो त्यस्तो अपराध जो कोहीलाई राज्यले छानविन गरी कानून वमोजिम कारवाही गर्नु पर्दछ । अपराध कहिले पनि क्षम्य हुनुहुदैन अपराध गर्ने जो कोहीलाई कारवाही हुनु पर्दछ । तर एम्बुलेन्सको काम विरामी वोक्ने हो पसेन्जर वोक्ने होइन , पेट्रोलीयम पदार्थको तस्करी गर्ने होइन ।

मित्र तपाई भन्नु हुन्छ मानव अधिकार आयोग जस्तो संबैधानिक निकायलाई पहाडीया मानव अधिकार आयोगको विल्ला भिडाई दिनुहुन्छ ? मित्र दिपेन्द्र झा जी कुन सन्र्दभमा भन्नु भएको छ त्यो पुरा वाक्य पढन सल्लाह दिन् चाहन्छु । राष्ट्रिय मानव अधिकार आयोगले टिकापुरको घटनामा एक हप्ता भित्रै छानविन गरी प्रतिवेदन दिइ सक्यो तर खोई त रुपन्देहीको वेथरी काण्डको प्रतिबेदन, खोई वेलहिया काण्डको प्रतिवेदन, खोई वीरगन्ज, कलैया, रौतहट, जलेश्वर, जनकपुर, भारदह घटनाको प्रतिवेदन कति जना आयोगका माननीयहरु सदस्य तथा अध्यक्ष ज्यु अनुसान्धान तथा अनुगमनमा गएको ? किन जानु भएन ? के मधेशीको रगत पानी हो ? के मधेशी मान्छैन होइन त ? कति जना प्रहरीलाई कारवाही गर्न सिफारिस गरयो ? कति घटनाको अनुसन्धान गरयो ? के आम नागरिकको सुचनाको हक छैन ? के मानव अधिकार आयोगको यही कर्तव्य हो ? नाकावन्दी भयो भनेर भारत स्थित मानव अधिकार आयोग र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको उच्च कार्यालय जेनेभामा प्रेस विज्ञप्ती दिन सक्ने, नेपालमा मानवीय संकट भयो भनेर गुहारर्न सक्ने आयोग ५० जना भन्दा वढि निर्दोष मधेशीको हत्या हुदा आयोगले एउटा पनि घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण के ?

तपाइ बढी गर्वका साथ भन्नु हुन्छ कि प्रहरीको कुनै जात हुदैन । यदि प्रहरीको जात हुदैन भने किन प्रहरीले कालो अनुहार हेरी हेरी गोली हानेको छ ? किन प्रहरीले अस्पताल भित्र पसेर पनि कालो अनुहार भएका स्टाफहरुलाई कुटपिट गरेको छ ? किन प्रहरीले धोती, देशी, मधेशी, भारतीय, इन्डियन, मोदिका सन्तान भनेर गोली हानी हत्या गरेको छ ? किन मधेशी समुदायको मात्र घरघरमा यातना दिएको छ ? किन मधेशी समुदायको छतमा ताकेर गोली हानेको छ ? किन मधेशी महिलाहरु माथि दुरव्यवहार गरेको छ ? तपाईले टिकापुरमा प्रहरीको हत्या भएको मात्र हेर्नु भयो दंगागस्त्र क्षेत्र घोषणा गरिएको अवस्थामा र कपर्यु लगाइएको अवस्थामा समेत थारुको घर जलाइएको, थारु महिलाहरु माथि वलात्कार भएको, थारु वालवालिका माथि दुरव्यहार भएको, थारुहरु हाल सम्म पनि विस्थापित भएको घटना किन हेर्न सक्नु भएन ? पक्राउ गरिएका ४० जनालाई थुना भित्र निर्मम यातना दिदै छ किन तपाँई जस्ता मानव अधिकार कर्मीहरुले थुनुवाहरुलाई भेटन न जानु भएको ? किन तपाई जस्ता कानूनका बिद्यार्थी वकिलहरु यातना क्षतिपुर्ति मुद्दा न गर्नु भएको ? के थारुहरु मान्छे होइन ? तपाईलाई थाहा होला जव सम्म अपराध सावित हुदैन तव सम्म मान्छे संग र्निदोष सरह व्यवहार गर्नु पर्दछ ।

अरुलाई भन्नु हुन्छ राजनिति भन्दा माथि उठ्नुस पहिला आफु उठनुनै वेस हुन्छ । तपाइहरुवडो गम्भीरताका साथ भन्नु हुन्छ मधेशीहरु भारतीय भुमिवाट नेपाल आमाको छातिमा ढुंगा हानि वज्राचार गरयो, नेपाली प्रहरी माथि ढुंगा हानियो तर मित्रहरु यो पनि र्विसनु भएन कि शान्ति पुर्ण तरिकाले सदनमा अवाज उठाँउदा सुनिएन, राजमार्गमा आए प्रहरी र पहाडी समदुायका केही मान्छेहरुले गोली हानेर, ढुंगा हानेर, खुकुरी प्रहार गरेर वस्न दिएनन । सदरमुकाममा पनि त्यही अवस्था भयो । दशगजामा गए त्यहाँ पनि प्रहरीको गोली खानु परयो, खुकुरी प्रहार गरि हत्या गरियो, ढुगाले हानेर घाइते वनाइयो । केही पहाडी समुदायका प्रतिकार समुह वनाई खुकुरीले काटेर फाले ।

लखेटदा लखेटदा भारतीय भुमीमा पुर्याइयो । त्यहाँवाट पनि आफनो राष्ट्रियता खोज्न नेपालनै आउँछ । नाकामा बस्नु रहर हाइन वाध्यता भएको मैले पाएको छ । वीरगन्जको नाका दुबै देशको फोहोर फाल्ने ठाँउको रुपमा रहेको छ । अतिनै दुरगन्धित छ । फोहोर छ । ड्रगिस्टहरुले ड्रग प्रयोग गर्ने ठाँउ, धुलो, धुवाँ, विभिन्न भाइरस भएको ठाँउको रुपमा रहेको छ । जाँहा दश मिनेट पनि बस्न ग्राहो हुन्छ । त्यो स्थानमा तीन महिना देखी रातदिन मान्छे वसिरहेको छ । क्यौं जना विरामी भए, कयौं जना रोगी भए वीरगन्जमा एक जनाकोको त मृत्युनै भयो ।

मधेश अन्दोलन र नेता, अगुवा, अन्दोलनकारी प्रति आरोप प्रत्यारोप गर्नुको सट्टा । समस्या समाधानका उपाय खोज्नु वेश होला । तराई मधेशको समस्याको समाधान संविधानवाट हुने हो । नयाँ संबिधानको संसोधन संग संगै हाम्रो सोचमा पनि संशोधन हुनु त्यातिकै जरुरी छ जति संबिधान संसोधनको जरुरी छ ।

शैलेन्द्र अम्बेडकर
क्षेत्रीय मानव अधिकार संयोजक
थर्ड एलायन्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.