हुलाकी न्यूज, रुपन्देही । जनमत पार्टीले रुपन्देहीको अत्यन्तै चर्चित मानिने क्षेत्र नम्बर ४ मर्चवार क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा पार्टीका केन्द्रीय सचिव तथा प्रभावशाली युवा नेता भोपेन्द्र प्रसाद यादवलाई उठाउने लगभग पक्का भएको छ ।

आज पार्टीको जिल्ला कार्यालय भैरहवामा चुनावी रणनीति तथा उम्मेद्वार छनौटका लागि बसेको बैठकमा जिल्लाका प्रमुख नेताहरुले क्षेत्र नं. ४ बाट यादवको उम्मेदवारीलाई सर्वसम्मत समर्थन गरेका थिए ।

जिल्ला नेताहरुको प्रस्ताव प्रति पार्टीका केन्द्रीय अध्यक्ष डा. सी के राउत सकारात्मक रहेकोले सो क्षेत्रबाट उनको उम्मेद्वारी लगभग पक्का रहेको केन्द्रीय सदस्य रामकेश गुप्ताले जानकारी दिए |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.