जनकपुर : आउदो प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टी आज बिधिवत रुपमा निर्वाचन आयोगमा एक नम्बर मै दर्ता भएको छ। निर्वाचन आयोगले आज मात्रै दल दर्ताका लागि खुल्ला गरेको थियो । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुश्वाहा ,इ. नरेन्द्र चौधरी , महासचिव चन्दन सिंह लगायतका नेताहरुको टोली निर्वाचन आयोग पुगेर दल दर्ता गराएको नेता बिपी साहले बताए।
डा. राउत यीनै समाचार सेयर गरेर लेखेका छन : हाम्रो हातमा हुने काम हामी १ नम्बर मै गर्छौं, जनताले मौका मात्र त देओस् सेवामा १ नम्बर नै हुन्छौं। डा. सीके राउत निर्वाचन घोषणा लगतै आफू सप्तरी क्षेत्र न.२ बाट उठने घोषणा गरिसकेका छन । यता जनमत पार्टी आउदो निर्वाचनमा विभिन्न दलहरु सङ सहकार्य र गठबन्धनका लागि कसरतमा छन् भने मधेश केन्द्रित गठबन्धनमा जोड दिएका छन ।



