हुलाकी न्यूज
जनकपुरधाम ,१२ साउन।संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ।

उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्।

राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब दिन थालेपछि उनीहरु बस्न सकेका छैनन्।

मान्त्रीका आसेपासेहरुलाई मोटो रकम दिई नियम मिचेर सशी यादवलाई शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ। झण्डै ५ वर्षसम्म धनुषा शिक्षा कार्यालयमा काम गरेका शशी यादव अनियमितता गरेको आरोपमा मन्त्रालयमा तानिएका थिए।

उनको पालामा कार्यालयका विभिन्न दस्तावेजहरु लुकाएको र अबैध तरिकाले काम भएको भन्दै यादवमाथि छानबिनको माग हुँदै आएको छ।

अहिले पुनः सोही व्यक्तिलाई नियम मिचेर शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।

शिक्षक संघ धनुषाका एक पदाधिकारीले शशी यादवलाई कारवाही गर्नुपर्ने माग गर्दै छानबिनको समेत अपील गरेका छन्।
‘कारवाही हुनु पर्ने व्यक्तिलाई पुनः शिक्षा कार्यालय प्रमुख बनाउन खोजिएको छ।’ उनले भने, ‘ नियम कानून मिचेर मन्त्रीले पैसाको लोभमा धनुषाको शिक्षा क्षेत्रलाई बरबाद गर्न खोज्दैछ। यसमा आम जनताले ध्यान दिनु पर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.