हुलाकी न्यूज
जनकपुरधाम,४ श्रावण ।मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई जनकारवाही गर्न गएको टोलीले मन्त्रलयमा तालाबन्दी गरेर फर्केको छ ।

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताहरु कृषि मन्त्रीलाई जनकारवाही गर्न मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा कृषि मन्त्री वा राज्य मन्त्री नभेटिएपछि उनीहरुले मन्त्रालयमा तालाबन्दी गरेर फर्केका छन् ।

प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषिकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले बताए ।

मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने माग जनमत पार्टीको रहेको नेता साहले जनाए । उक्त विषयहरुमा सरकारले पहल नलिए थप आन्दोलनका कार्यक्रमहरु हुने उनले बताए ।

मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए ।

यादवले भने किसानको माग सम्बोधन नभए मन्त्रीहरुलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्री ज्यूहरु तयार रहनु होला ।यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.