हुलाकी न्यूज, काठमाडौं, २६ मंसिर । अमेरिकामा बसोबास गर्ने मधेशी मूलका व्यक्तिहरुले न्यूयोर्कमा विशाल साइकल र्याली निकाल्ने जनाइएको छ । मधेश आन्दोलनको समर्थन जनाउँदै सरकारको विरोधमा साइकल र्याली निकालिने जनाइएको हो । यसअघि पनि अमेरिकामा बसोबास गर्ने मधेशी समुदायले आन्दोलनको समर्थनमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
भोली आइतबार अर्थात् १३ डिसम्बरका दिन एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका र मधेशी ह्युमन राइट्सको संयुक्त आयोजनामा सो साइकल र्यालीको आयोजना हुन गइरहेको हुलाकी न्यूजलाई जानकारी दिएको छ । सो रैलीमा सयौं मधेशी मूलका व्यक्तिहरुले प्रदर्शन गर्ने भएका छन् । मधेश ह्युमन राइट्स, मधेशी समाज, अस्टिन मधेशी समाज लगायतका मधेशसँग सम्बन्धित संघसंस्थाहरुले समेत सहभागिता रहने छ । अमेरिकी समयअनुसार १३ डिसेम्बरका दिन बिहान साढे ९ बजेदेखि अपरान्ह साढे १२ बजेसम्म साइकल र्यालीको आयोजना गरिनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.