हुलाकी न्यूज, सप्तरी । सरकार द्वारा किसानका माग सुनुवाई नभए पछि जनमत पार्टीले किसान आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आज मंगलवार जनमत पार्टीका नेता कार्यकर्ताहरु द्वारा बिभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई किसान अन्दोलनका माग राखी ज्ञापन पत्र बुझाएका छन ।

झण्डै ५०० को संख्यामा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले किसानका माग राख्दै सदरमुकाम राजविराजमा र्‍याली समेत निकालेका थिए ।

जनमत पार्टी सप्तरीकी जिल्ला इन्चार्ज ममता झा ले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम समक्ष किसान का माग राखी ज्ञापन पत्र बुझाएकी छन ।

त्यस्तै, जनमत पार्टी नवलपरासीकी जिल्ला इन्चार्ज शन्तिकुमारी चौधरी ले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल समक्ष ज्ञापन पत्र बुझाएकी छन ।

रुपन्देही बाट जनमत पार्टिकी केन्द्रिय सदस्य नीलम पासवानले किसानका समस्या समाधानका लागी सरकार गम्भिर नभएमा अबको किसान आन्दोलनले सरकार नै गम्भिर स्थितीमा पुग्न सक्ने चेतावनी दिएकी छन ।

यस अघि जनमत पार्टीका जिल्ला संगठनहरुले २०७८ माघ १२ गते, विभिन्न प्रदेश को मुख्यमन्त्री तथा मन्त्रीपरिषद को कार्यालय लाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै, जनमत पार्टीले २०७८ माघ १९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय लाई किसानका माग सम्बोधन का लागी ज्ञापन पत्र बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.