काठमाडाैं । सत्तारुढ एमालेका नेता , कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पुरा गरेर एउटा टोली फर्किएको छ ।
आजको कान्तिपुरमा खबर छ – चिनिया कम्युनिष्ट पार्टीसँगको पार्टी कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्तरगत एमालेले पठाएको टोलीमा महाँसचिव इश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफू निकटकालाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ ।
चीब्बत , बेइजिङलगाएको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोला र उनको समुहका नेता कार्यकर्ता छन् । टोली तिव्बत संघाई र वेजिङको विकासको अवलोकनका लागि चीन गएको हो ।
भ्रमण टोलीमा पोखरेलका कान्छा छोरा स्वराज , सांसद श्रीमती मिराका पिए लोकेन्द्र केसी , पोखरेलका सहयोगी नरायण सिलवाल पोखरेलका सालाका छोरा सुरज ध्वाजू , स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका भाइ सविन्द्र , नेतृ मेनुका पछार्य छन् ।
महासचिव पोखरेलले व्यक्तिगत सिफरिसमा सामुदायिक वन उपभोक्त महासंघकी महासचिव भारती पाठक , चितवनकी एमाले नेतृ पार्वती रावल, युवा संघका महासचिव किरण पौडेल , युवा संघका सचिव नरेश शाही , सचिवालय सदस्य रविन थापा , अनेराीस्ववियुका कोषाध्यक्ष रश्मी आचार्य , प्रवत्ता आरसी लामिछाने , सचिवालय सदस्या समिक बडाल , अखिलका नेताहरु भास्कर खनाल , हरि लिम्बु , एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ , एमाले पर्साका सचिवालय सदस्य अरविन्द सिह , एमाले पत्रकार रामशरण बजगाई र पार्टी सचिव पृथ्वी सुब्वा गुरुङकी छोरी एलिसा पनि गएकी छिन् ।
एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल नेतृत्वको टोली मंसिर ९ गते सातदिने भ्रमणमा चीन पुगेर फर्किएको छ । भ्रमण टोलीमा माधव नेपाल निकट वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल बाहेक अधिकांश एमालेको संस्थापन समूहका छन् ।



