हुलाकी न्यूज
जनकपुरधाम,११ असार।धनुषाको एक सरकारी विद्यालयका प्राध्यापकलाई अभिभावक भेलामा गैर अभिभावकद्वारा दुर्ववहार गरेको छ।
जिल्लाको औरही गाउँपालिकाको झिटकहियामा रहेको राम जानकी माध्यमिक विद्यालयका प्राध्यापक मदन कुमार महरालाई गैर अभिभावकगरुले गालिगलौजसहित कुटपिट गरि दुर्ववहार गरेको छ।
शनिबार विद्यालयमा राखेको अभिभावक भेलामा शिक्षा तथा अन्य विषयबस्तुको बारेमा छ्लफल गरिरहेको बेलामा विद्यालयका व्यवस्थापन समितिका पुर्व अध्यक्ष सुजित यादव र गैर अभिभावक रामनाथ यादव्ले प्राध्यापक महरालाई गालिगलौज गर्दै कुटपिट गरिएको छ।सोही क्रममा प्राध्यापक महरालाई बचाउन आएका विद्यालयका २ जना स्टापलाई समेत कुटपिट गरिएको प्राध्यापक मदन कुमार महराले बताए।
प्राध्यापक महराका अनुसार औरही गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष ब्रहमदेव यादवले सुजित यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन प्राध्यापक महरालाई दबाब दिएका थिए।तर ,प्राध्यापक महराले गाउँपालिका पुर्व अध्यक्ष यादवलाई अभिभावकहरुको भेला बोलाएर मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने उनले पहिलानै भनेको थिए।सोही कारणले प्राध्यापक महरालाई पुर्व गाउँपालिका अध्यक्ष ब्रहमदेव यादवले आफ्नो कुरा नमानेपछि गालिगलौज गरि कुटपिटसमेत गराएको छ।
यता, हुलाकी न्यूजसंग कुरा गर्दै पुर्व गाउँपालिका अध्यक्ष ब्रहमदेव यादवले भने यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छ्न।प्राध्यापक महराले आफुलाई बदनाम गर्न खोजेको उनले बताए ।



