३० साउनदेखि १८ भदौसम्म कैलालीदेखि सप्तरीसम्म

३० साउन सप्तरी : अनिल झा, मातृका यादवलगायत नेतृत्वको संघीय मधेसी मोर्चाद्वारा स्वायत्त मधेस प्रदेशको माग राख्दै तीन दिनसम्म मधेस बन्द आह्वान गर्‍यो

रूपन्देही : भैरहवाको बुद्धचोकमा मधेसी मोर्चाले गरेको सभामा मोटरसाइकलमा आएका केही व्यक्तिले मोर्चाविरोधी नारा लगाएपछि तनाव, केहीबेरमै स्थिति सामान्य

३१ साउन सप्तरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा दुईदिने बन्द आह्वान

पर्सा : वीरगन्जमा सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको कर्मचारी ओसार्ने बा.१ग २२६० नम्बरको मिनिबस तोडफोड

३२ साउन  सप्तरी : भारदहमा साँझ ६ बजे अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर बनाई सवारीसाधन स्कर्टिङ, एउटा ट्रकमा आगजनी, भारदह चोकमा आधा दर्जन मोटरसाइकल प्रहरीद्वारा तोडफोड

पर्सा : बन्दकर्ताद्वारा वीरगन्ज भन्सार नाकामा अवरोध रूपन्देही : भैरहवाको बर्मेलीटोलमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ता टेन्ट टाँगेर सडकमै बस्न थाले । साँझ सडकमै खाना पकाएर खान सुरु ।

१ भदौ सप्तरी : भारदहको सडकमा मधेसी मोर्चाको धर्ना । सडक खुलाउन प्रहरीले बल प्रयोग गर्दा भएको प्रहरीको गोली लागेर राजेन्द्र राउत (राजीव)को मृत्यु ।

२ भदौ सप्तरी : मृतक राजीव राउतलाई सहिद घोषणा, घाइतेको उपचारलगायतका माग राखेर प्रदर्शन ।

३ भदौ धनुषा : जनकपुरमा जुलुस प्रदर्शन । बजार, पसल प्रदर्शनकारीद्वारा जबर्जस्ती बन्द । बन्द गराउने मधेसी मोर्चाका १९ कार्यकर्ता पक्राउ ।

रूपन्देही : भैरहवाको सिटी हस्पिटलमा तोडफोड, पार्कीङ गरीएका गाडी, होटल र घरहरूमा तोडफोड भएपछि स्थानीयको प्रतिकार । बेलहियाको प्रतिकारमा कम्तीमा दुई दर्जन घाईते ।

४ भदौ: सप्तरी : अधिकारकर्मी डा. सुन्दरमणी दिक्षित नेतृत्वको टोलीले भारदहको स्थलगत निरीक्षण ।

पर्सा : अनिश्चितकालिन बन्दको विरोधमा वीरगंजका खुद्रा व्यवसायीको प्रदर्शन ।

रूपन्देही : भैरहवामा ३ भदौबाट आन्दोलनका क्रममा सम्पकबिहीन भएका लुम्बिनी संस्कृत नगरपालीका वडानं १० का १८ बर्षीया सुनिल भन्ने सुधिराम यादव मृत भेटिए । उनको को शव स्थानीय डण्डा खोलामा भेटियो ।

५ भदौ सप्तरी : भारदहमा प्रदर्शन र विरोध सभा । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताको सम्बोधन । भारदह र पोर्ताहामा दुई मालबाहक ट्रकमा आगजनी ।

रूपन्देही : भैरहवाको सिदार्थनगर नगरपालीका क्षेत्र भित्र लागु हुने गरी ५ देखि ९ भदौसम्म बिहान ११ देखी सांझ ६ बजेसम्म निषेधित क्षेत्र घोषित । लुम्बिनीस्थित शसस्त्र प्रहरी पोष्टमा सांझ आक्रमण प्रयास ।

६ भदौ: सप्तरी : गृह मन्त्रालयद्वारा मृतकलाई क्षतिपूर्ति र घाईते उपचार गर्न सहमति जनाउँदै सप्तरी प्रशासनलाई पत्राचार ।

महोत्तरी : सदरमुकाम जलेश्वरस्थित महिला विकास कार्यालयमा तोडफोड ।

७ भदौ सप्तरी : भारदहमा मृत्यु भएका राजिव राउतको शव आफन्तले बुझे ।

महोत्तरी : जलेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड ।

सर्लाही: सदरमुकाम मलंगवामा मधेसी मोर्चाका कार्यकर्ताद्वारा घरेलु हतियार सहित जुलुश प्रदर्शन । सरकारद्वारा सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा ।

८ भदौ रौतहट : निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु । सदरमुकाम गौरमा प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका मठिया–६ का राजकिशोर ठाकुरको उपचारका लागि वीरगञ्ज ल्याउँदै गर्दा मृत्यु ।

रूपन्देही : भैरहवामा ३ भदौमा भएको झडपमा परी गंभिर घाईते भएका रूपन्देहीको कम्हरिया गाबिसका दुर्गेश यादवको उपचारका क्रममा काठमाण्डौ शिक्षण अस्पतालमा मृत्यु ।

सप्तरी : राजीवको शव यात्रा । भारदह, राजविराज, लहान हुँदै फेरि कोसी ब्यारेज पुर्‍याएर अन्त्येष्टी ।

महोत्तरी : जलेश्वरस्थितजनताको तटबन्ध कार्यालय र छिमेकी विकास बैंकमा तोडफोड । सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीको पूर्व पश्चिम राजमार्गको जंगल क्षेत्रबाट आफ्नो सुरक्षा पोष्ट हटायो ।

९ भदौ बारा/पर्सा : स्थानीय प्रशासनद्धारा बारा र पर्साका विभीन्न स्थानमा निषेधाज्ञा जारी । बारा–पर्सा प्रशासनद्धारा वीरगञ्ज भन्सार नाकामा रोकिएका एक हजार बढि गाडीको स्कटिङ ।

महोत्तरी : उद्योग बाणिज्य संघ बर्दिबासद्वारा सद्भाव र्‍यालीको आयोजना, महोत्तरीको लक्ष्मिनियाँस्थित पूर्व पश्चिम राजमार्गमा एउटा बस र एउटा ट्रकमा आगजनी । असुरक्षा बढेपछि बर्दिबास क्षेत्रका विद्यालय तीन दिनको लागि बन्द ।

१० भदौ पर्सा : मधेसी दलका कार्यकर्ताहरूद्धारा वीरगन्जको बाइपास, अलखीया मठ, बहुअरी र परवानीपुर चोकमा निषेधाज्ञा तोडेर प्रदर्शन । आधा दर्जन सवारी साधनमा तोडफोड ।

महोत्तरी: सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाद्वारा जना सभाको आयोजना, बर्दिबासमा पार्किंङ गरि राखिएका तीनवटा रात्री बसमा आगजनी ।

११ भदौ सप्तरी : राजविराजस्थित एमाले सभासद् रञ्जु ठाकुरको सम्पर्क कार्यालयमा आगजनी ।

पर्सा : वीरगन्जमा लाठी जुलुश प्रदर्शन ।

१२ भदौ सप्तरी : राजविराजमा प्रधानमन्त्रीको कृतिम शव बनाई प्रदर्शन ।

१३ भदौ सप्तरी : राती स्कर्टिङ्गमा रहेका सवारीसाधनमाथि ढुंगामुडा ।

बारा : कलैयामा बन्दको अवज्ञा गरेको भन्दै बालुवा बोक्ने तीन वटा ट्रयाक्टर र कलैयामा एउटा दुध बोक्ने गाडीमा तोडफोड ।

१४ भदौ सप्तरी : प्रहरीको स्कर्टिङ्गमा रहेको माईक्रो सप्तरीको रूपनीमा तोडफोड र आगजनी । राजविराजस्थित नापी शाखामा आगजनी ।

महोत्तरी : जलेश्वरमा प्रदर्शन, एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड । पार्टीका झण्डा र बोर्ड मधेसी मोर्चाका कार्यकर्ताले हटाए ।

रूपेन्देही : भैरहवास्थीत स्थानीय डण्डा खोलामा बोधबार गाबिस वडानं ३ बुचीका ३५ बर्षिय रामेश्वर पाशीको शब फेला ।

१५ भदौ सप्तरी : राती स्कर्टिङ्गमा रहेका सवारीसाधनमाथि ढुंगामुडा ।

पर्सा : वीरगञ्जमा झडपपछि स्थानीय प्रशासनद्धारा अनिश्चितकालिन कफ्र्यु आदेश जारी । कफ्र्यू तोडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा बल प्रयोग । प्रहरीले चलाएको गोली लागेर विरगन्जमा चार र कलैयामा एक जनाको मृत्यु । ३० भन्दा बढि आन्दोलनकारी गोली लागि घाईते । वीरगञ्ज दंगा ग्रस्त क्षेत्र घोषित । प्रदर्शनकारीद्धारा वीरगञ्जको छपकैयाँमा रहेको पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरलाको शालीक तोडफोड ।
महोत्तरी : जलेश्वरस्थीत नेपाली कांग्रेस र राप्रपा नेपालको कार्यालयमा तोडफोड, झण्डा र बोर्ड निकालेर फालियो । जिल्ला शिक्षा कार्यालयमा ढुंगा प्रहार । ठाउँठाउँमा प्रहरी गस्ती टोलीमाथि ढुंगामुढा।

धनुषा : जनकपुर भन्सार कार्यालयमा तोडफोड । भानुचोकमा २ वजेदेखि साझसम्म मोर्चा र प्रहरीबीच झडप । १८ जना आन्दोलनकारी र दर्जन प्रहरी घाईते । आन्दोलनकारीद्वारा काँग्रेसका सभासद रामकृष्ण यादवको घरमा आगजनी । प्रहरी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष उमाशंकर अरगरियाको घर प्रवेश गरेर तोडफोड ।

१६ भदौ पर्सा : बिन्दवासीनीको तिलावे पुल नजिक रहेको काँग्रेसका नेता स्वर्गीय आत्माराम ओझाको शालीक तोडफोड । बीरगञ्जको गण्डकमा तरकारी बोकेको ट्रकमा आगजनी ।

महोत्तरी : जलेश्वरको जिरोमाइलमा रहेको प्रहरी विटमा आगजनी । लोकसेवा आयोगको जनकपुर अञ्चल कार्यालयमा तोडफोड । जलेश्वरका विभिन्न ठाउँमा प्रहरीसँग पटक पटक झडप, प्रहरीद्वारा १८ राउण्ठ अश्रु ग्यास प्रहार ।

१७ भदौ सप्तरी : शिक्षा कार्यालय सप्तरीको जीपमा आगजनी । जिल्ला भूसंरक्षण कार्यालयमा पनि आगजनी । स्कर्टिङ्गमा रहेका एक बसमा भारदहमा आगजनी ।

पर्सा : वीरगन्जको नगवामा अज्ञात समुहले राखेको सुतली बम सुरक्षाकर्मीद्धारा डिस्पोज ।

महोत्तरी : जलेश्वरमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट चार प्रहरी घाइते, प्रहरीद्वारा १५ राउण्ड अश्रु ग्याँस प्रहार ।

धनुषा : जनकपुरको भानु चोक र मुरली चोकमा प्रहरी र आन्दोलनकारी बीच झपड । २१ आन्दोलनकारी घाईते । मुरली चोकमा एक सहकारी संस्थामा आगजनी ।

१८ भदौ सप्तरी: महिलाद्वारा शान्तिपूर्ण झाडु जुलुस प्रदर्शन र विरोध सभा ।

धुनुषा : जनकपुरमा वृहत लाठी जुलुस प्रदर्शन ।

पश्चिम

साउन ३० पश्चिम र सुदूरपश्चिममा थरुहट र अखण्डको आन्दोलन

कास्की : पोखरामा मसाल जुलुस,

दाङ, बाँके बर्दिया, सुर्खेतमा प्रदर्शन कैलाली : कैलाली, कञ्चनपुरसहितको अखण्ड सुदूरपश्चिम हुनुपर्ने र दुई जिल्ला छुट्याएर थरुहट प्रदेश बनाउनुपर्ने दुवै पक्षको आन्दोलन आठ दिनदेखि जारी जुम्ला : छुट्टै कर्णाली प्रदेश माग गर्दै प्रदर्शन

साउन ३१ नवलपरासी : सभासद् वैजनाथ चौधरीको घरमा तोडफोड गर्न खोज्दा प्रहरी–प्रदर्शनकारीबीच झडप, गोली चल्यो

साउन ३२ नेकपा–माओवादी नेतृत्वको मोर्चासहित मधेसकेन्द्रित दलको नेपाल बन्द नवलपरासी : नवलपरासीमा बन्दको अघिल्लो रात ना.४ख १६१८ नम्बरको ट्रकमा आगजनी कैलाली : सद्भाव र्‍याली जुम्ला : अखण्ड कर्णालीको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा फाइरिङ, १३ घाइते

भदौ १ नवलपरासी : बन्दका क्रममा ड्युटीमा खटिएका वेला आफ्नै बन्दुक पड्किएर ससस्त्र प्रहरी हवल्दार काशीराम विक घाइते दैलेख : कर्मचारी पनि सडकमा कैलाली : अखण्ड सुदूरपश्चिम पक्ष र प्रहरीबीच झडप

भदौ २ सर्खेत : कर्मचारी र शिक्षक पनि सडकमा दैलेख : नौ दिनदेखिको बन्द जारी, प्रदर्शन भदौ

३ कपिलवस्तु : दिनभर आन्दोलनकारी र प्रहरीबीच झडप, मधेसी मोर्चाका १२ कार्यकर्ता घाईते, आन्दोलनकारी अब्दुल मुसलमानसँग बाह्रबोरको बन्दुक भेटियो

भदौ ४ रुपन्देही : मधेसी मोर्चा र थरुहटले गरेको आन्दोलनमा झडप, थुप्रै गाडी जलाइए, राति आठदेखि बिहान पाँच बजेसम्म कफ्र्यु आदेश बर्दिया : प्रदर्शनकारी र प्रहरीबीच झडप, दिनभर तनाव सुर्खेत : संयुक्त र्‍याली

भदौ ५ सुर्खेत : दलहरूबीच सात प्रदेशमा सहमति भएपछि सुर्खेतको आन्दोलन स्थगित जुम्ला : कर्णालीको आन्दोलन स्थगित रुपन्देही : भैरहवा सामान्य, सहरबाहिरका क्षेत्रमा तनाव

भदौ ६ रुपन्दही : भैरहवामा आन्दोलनकारी सुधिराम यादव मृत भेटिए, सिद्धार्थनगर नगरपालिका र आसपासका क्षेत्रमा पाँचदिने निषेधाज्ञा जारी कपिलवस्तु : बा.९च ८९४१ नम्बरको जिप र लु.१ज ९९८ नम्बरको जिपमा आगजनी

भदौ ८ कैलाली : टीकापुरमा हिंसात्मक भिडन्त, एसएसपीसहित आठ प्रहरी र एक नाबालकको मृत्यु, ५० भन्दा धेरै घाइते, कफ्र्यु आदेश तोड्दै आन्दोलन, सेना परिचालन गर्ने सरकारको निर्णय रौतहट : सेना परिचालन गर्ने सरकारी निर्णयको विरोध, संयमता अपनाउन दलहरूको अपिल

भदौ ९ कैलाली : प्रहरीमाथि आक्रमण गर्ने पाँच आरोपी पक्राउ, थारूहरूले आन्दोलन फिर्ता लिएनन् रौतहट : गौरमा प्रहरीको गोली लागी २० वर्षीय राजकिशोर ठाकुरको मृत्यु

भदौ १० कपिलवस्तु : अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर, आन्दोलनकारीले सरकारी कार्यालयमा मधेस सरकारको साइनबोर्ड राखे बागलुङ : जिल्ला टुक्रिएको विरोधमा धौलागिरि नाका ठप्प डडेल्धुरा : सद्भाव र्‍याली नवलपरासी : झडपमा प्रहरीको गोली लागी दुई घाइते

भदौ ११ कैलाली : दुवै प्रहरीका महानिरीक्षक टीकापुरमा, दुर्गौलीमा प्रहरीको गोली लागी २० वर्षीय जगतराज देवकोटा घाइते  / नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.