हुलाकी न्यूज, सिराहा । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोधमा जनमत पार्टी सिराहाले सरकार विरुद्ध नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेको छ ।
धनगढीमाईको कसहामा केहीबेर महेन्द्र राजमार्ग अवरोध गरि टायर बालेर नाराबाजीको साथ विरोध प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा पार्टीका केन्द्रीय सचिव संजय यादव, केन्द्रीय सदस्य निर्मल मण्डल सहित जिल्लाका नेता कार्यकर्ताहरू सहभागी थिए ।
केन्द्रीय सचिव यादवले मूल्य वृद्धि तत्काल फिर्ता नभए मधेशका सम्पूर्ण जिल्लामा जिल्लाव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
आजै डा. सी के राउत सचिवालय द्वारा जारी सूचनामा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको जनमत पार्टीले देशव्यापी रुपमा विरोध गर्ने जनाइसकेको छ।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो ।
पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ ।




