हुलाकी न्यूज, रुपन्देही । रुपन्देहीको मर्चवार क्षेत्रमा प्रभावशाली नेताको रुपमा चिनिएका लोसपा नेता अनुराग नाथ शुक्ल आज जनमत पार्टीमा प्रवेश गरेका छन ।
जनमत पार्टीका सुप्रिमो डा. सी के राउत द्वारा मर्चवारीमाई मन्दिरमा पूजा-अर्चना पश्चात मन्दिर परिसर भित्र शुक्ल ले मर्चवारी माता लाई साक्षि राखि पार्टीका केन्द्रीय अध्यक्ष डा. राउतको हातबाट सदस्यता ग्रहण गरेका हुन ।
सर्वेन्द्र नाथ शुक्लको गढ मानिएको क्षेत्रबाट अनुराग नाथ शुक्लको जनमत पार्टीमा प्रवेशले त्यस क्षेत्रको राजनितीमा नयां तरंग पैदा गरेको स्थानीयले बताए ।
मधेशको राजनितीमा अन्य सबै टेस्टेड र फेल भैसकेको कारण अब मधेशको सही भविष्य जनमत पार्टी द्वारा मात्र सम्भव रहेकोले आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।
पार्टी प्रवेश पश्चात पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव लगायत त्यहां उपस्थित केन्द्रीय नेतागणले शुक्ललाई बधाई तथा शुभकामना दिएका थिए।
केन्द्रीय सचिव यादव का अनुसार अब अन्य पार्टीबाट समेत योग्य र प्रभावशाली नेताहरू जनमत पार्टीमा प्रवेश गर्ने लहर शुरु भइसकेको हुंदा आगामी प्रदेश तथा संघीय संसदको निर्वाचनमा जनताले जनमत पार्टीलाई अत्याधिक मत दिएर बिजयी बनाउनेमा आफू ढुक्क रहेको बताए ।