हुलाकी न्यूज,
काठमाण्डौ, २५ मंसिर ।
अलहिरा एजुकेस्नल सोसाइटी नेपालले बिहिबार देखि ४५ दिनसम्म अरबिक भाषाको तालिम दिने भएको छ । अलहिरा एजुकेस्नल सोसाइटी नेपालका महासचिव गुलाम रसूल फलाहीको अध्यक्षतामा कार्यक्रमको प्रारम्भ मौलाना ताहिर नद्वीले कुरानको पाठ र त्यस्को अनुवादबाट गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ईस्लामी संघ नेपालका अध्यक्ष नजरुल हुसेनले, ‘अरबिक भाषाको महत्वबारे जिकिर गर्दै यस तालिमले सहभागीहरुलाई ठुलो फाईदा पुग्ने बताउनुभयो । भाषा आफ्नो कुरा राख्ने माध्यम भएकोले यसलाई कुनैपनि धर्मका साथ नजोडी गर्वका साथ सबै भाषा सिक्नु पर्ने उहाँले जोड दिनुभयो ।’
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै ईस्लामी संघ नेपालका कार्यकारी महासचिव खुर्शिद आलमले, ‘अरबी भाषा ईस्लामलाई बुझ्न महत्वपूर्ण हुनुका साथै बैदेशिक रोजगारमा पनि ठुलो महत्व राखेको कुरा बताउनु भयो । उनले तालिममा सहभागीहरुलाई अरबी भाषा ध्यान दिएर सिक्न प्रेरित पनि गर्नुभयो ।’
काठमाण्डौं जिल्लाको सरकारी निकायबाट पाल्नु भएका सिनियर सोसल डेभ्लपमेन्ट अफिसर दीपक कुमार केसिले, ‘अरबी भाषाले आफ्नो जीवनमा राम्रो मोड दिन महत्वपूर्ण भूमिका खेल्ने कुरा ब्यक्त गर्नुभयो । यस तालिममा मुस्लिमलाई मात्र नभइ सबैलाई समावेश गराएकोमा उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।’
कार्यक्रमका विशिस्ट अतीथी तथा वामी नेपालका कन्ट्री डाइरेकटर डा.शमिम अह्मदले, ‘बैदेशीक रोजगारमा आइपर्ने समस्याहरु बारे चर्चा गर्दै त्यस्को प्रमुख कारक भाषाको ज्ञानको कमी भएको बताउनुभयो । उनले कुरआन अरबी भाषामा भएकोले मुस्लिमहरुका लागि यो भाषा झन महत्वपूर्ण भएको कुरामा जोड दिनुभयो ।’
कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्थाका महासचिव गुलाम रसूलले, ‘नेपालमा पनि अरबी भाषाको महत्व बढदै गएको र यस्ले रोजगारको अवसर पनि श्रृजना हुँदैगएको जिकिर गर्नुभयो ।’ कार्यक्रममा प्रधानमन्त्रीका सल्लाह्कार अली अख्तर मिकरानी, स्वास्थ्य तथा उद्धार संघका डा.नसिम साथै सेख अयुब, डा.मुअज्जम, मुस्लिम वेलफेयर सोसाइटीका रह्मतुल्लाह मियाँ, इ सनाउल्लाह लगायतका अन्य ब्यक्तित्वहरुको उपस्तिथी रहेको थियो ।
४५ दिन सम्म चल्ने सो कार्यक्रम ईस्लामी संघ नेपालको केन्द्रिय कार्यलयको कार्यक्रम कक्षमा संचालन हुनेछ जस्मा पुरुष र महिला गरी ३५ जनाको सहभागीता रह्ने छ ।




