दिपेन्द्र कुमार यादव , २६ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको धनगढी नगरपालिकाको अध्यक्ष पदमा होनहार युवा पवन यादवले उम्मेदवार छन् । नगरपालिका भित्रको १४ वटै वडामा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको नेता भरोसी यादवले बताए। वार्ड नम्बर २ बाट जय प्रताप साह , ३ बाट वसन्त सदाय , ५ बाट भरत यादव छन् । नगर अध्यक्षका उम्मेदवार पवन यादव पार्टीको युवा जनमत संघका अध्यक्ष पनि हुन। निकै चर्चामा रहेका उम्मेदवार यादव युवाहरुको प्रतिनिधित्व पात्र हुन् ।

आफुहरुको महत्वपूर्ण एजेन्ड जन्ताराज , भ्रष्टाचार मुक्त , आधुनिक र गुणस्तरीय शिक्षा , स्वास्थ्य , रोजगार , कृषिमा क्रान्ति रहेको बताउदै नेता राम यादबले जनता मौका दिए यी एजेन्डाहरुलाई कार्वयनयन गरि समृद्ध समाज निर्माण गरि देखाउने बताउनु भयो। नेता पवन यादव जनमत पार्टी सिरहा जिल्ला आन्दोलन समितिका अध्यक्ष रहि किसानको हकमा देश व्यापी आन्दोलन भएको बेला अग्र पंक्तिमा रहि काम गरेका थिए। पक्राउ परेका किसानलाई रिहा गराउन सफल भएको र किसानको बिजुली निशुल्क गराउन सफल भएकोले पनि जनमत पार्टीको चर्चा धनगढीमा निकै राम्रो देखिन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.