सिरहा : मधेश प्रदेश सरकारका भुमी वयवस्था तथा कृषि मन्त्री बिजय कुमार यादव र पुर्ब स्वास्थ्य मन्त्री एबम बर्तमन सांसद सुरेश चन्द्र दास यादव अहिले चुनाबी चौडाहामा व्यस्त छन् ।
मन्त्री बिजय यादव जनता समाजवादी पार्टी जसपाका उम्मेदवार सिवजी यादव र सांसद सुरेश चन्द्र दास यादव माओवादी केन्द्रका उम्मेदवार सिदार्थ यादवका लागि भोट माग्दै छ्न। सिरहाको औरही गाउँपालिका नेता द्वय यादव र दासको गृह गाउँ पनि हो। अहिले औरही गाउँपालिकामा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको जनसमर्थन बलियो छ। आफ्नै गृह नगरमा डा. सीके राउत प्रतिको क्रेज र बलियो जनसमर्थनका कारण उनीहरु राती १२ बजे सम्म मतदाता गुहार्दै भेटिन्छन् । माओवादीका उम्मेदवार सिदार्थ यादव पुर्ब गाउँपालिका अध्यक्ष हुन भने सांसद सुरेश चन्द्रको आफ्नै भतिजो हुन् ।

यस अघि गाउँपालिका अध्यक्ष रहिसकेका सिदार्थ यादव भ्रष्टाचार ,अनियमितता र अपारदर्शीमा निकै बदनाम पात्र हुन् । दर्जनौं भ्रष्टाचार मुद्दा खेपिरहेका यादव कोरोना महामारीमा समेत व्यापक ब्रहमलुट मचाएको स्थानीयको भनाई छ। जिल्ला भरिमै सबै भन्दा बढी दुई करोड असी लाख खर्च देखाएपछी जनमत पार्टीले एकाई मुल्य सहित खर्च सार्वजनिक गर्न माग गरे। तर गाउँपालिका अध्यक्ष मानेनन् । त्यस पश्चात् जनमत पार्टी र स्थानीय युवाहरु बिरोध प्रदर्शन गरेपछी अख्तियर दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले छापामारी समेत गरेका थिए। उक्त मुदा हाल बिचाराधिन नै छन। यी अनेकै कारण पुनः उम्मेदवार बनेका यादव प्रती जनता आक्रमक छन् ।

किसान आन्दोलन देखि लिएर अन्य कयौं मुद्दा एबम बिषयमा जनताको मन जित्न सफल भएकोले चुनाबी चर्चामा जनमत नै अग्र पंक्तिमा देखिन्छ। पार्टीको तर्फबाट सिरहाको औरही गाउँपालिकामा संजय यादव अध्यक्षका उम्मेदवार छ्न। त्रिभुवन बिश्वबिद्धालय बाट स्नातकोत्तर गरेका यादव एक कुशल नेतृत्वकर्ता हुन् । पार्टीको केन्द्रिय प्रशिक्षण बिभाग देखि युवा जनमत संघको अध्यक्ष रहि काम गरेका उनी हाल पार्टीका केन्द्रिय सचिब हुन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.