जनकपुरधाम,२६ बैशाख । गाउँका अधिकांस युवा विदेशिएका छन् । गाउँमा भएका युवाहरु कुलतम फँसेका छन् । कुलतमा फँसेका यी युवालाई राजनीतिक दलहरुले झन् कुलतमा फसाउँने प्रयास गरेका छन् स्थानीय तहको चुनावमा ।

युवालाई लठैतको रुपमा प्रयोग गर्ने र त्यस वापत रक्सी र मासु खुवाउने गरिएको बिभिन्न ठाउँमा चर्चामा आउने गर्दछ । धनुषामा त सत्तारुढ पार्टीले नै युवालाई नशामा लठ्याउनका लागि रक्सी ओसारेको पाइएको छ ।

कमला नगरपालिका धनुषा जिल्लाको पूर्वी र विकासभन्दा पछाडि पारिएको पालिका हो । ठाउँ पछाडि पर्दा स्थानीय पछाडि पर्नु स्वभाविकै हो ।

यहाँका युवालाई स्वस्थ्य रहन चेतना दिनुपर्ने, उनीहरुको शिक्षा र स्वास्थ्यको स्तर बढाउनुुपर्नेमा अझ कसरी कुलतमा फसाउँनेतर्फ राजनीतिक दल नै लागिपरेका छन् ।

कमला नगरपालिकामा जनता समाजवादी पार्टीले ट्याक्टरमै रक्सी बोकेको दृश्य फेला परेको छ । ती पार्टीका कार्यकर्ताले ट्याक्टरमा रक्सी बोकेका छन् ।

स्थानीयका अनुसार घरदैलो अभियान सकिएपछि युवालाई एक बोतल रक्सी र केहि कुखुराको मासु दिने गरिन्छ । नगरपालिकाको सबै वडामा रक्सी र मासुको भोज दिने गरेको स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.