दिपेन्द्र कुमार यादव , १३ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको धनगढीमाई नगरपालिकाको उपमेयर पदमा होनहार  युवा नेतृ प्रियंका रामको  उम्मेदवारी परेको छ। सिरहाको रामप्रताप रामकुमार तामाङ बहुमुखी क्याम्पस बाट स्नातक ( व्याचलर ) गरेकी नेतृ प्रियंका राम  दलित समुदायको आशाको केन्द्र बिन्दु छिन्। जनमत पार्टीबाट  धनगढीमाई नगरपालिका  , अर्नामा , सुखिपुर लगायतको ठाउँमा उपमेयर उम्मेदवार दलित छिन भने कतिपय वडामा वडा अध्यक्ष देखि गाउँ /नगर अध्यक्षमा समेत दलितलाई उम्मेदवार बनाएको छ।

नगरपालिका भित्रको १४ वटै वडामा पार्टीका तर्फबाट  होनहार नेतृत्व कर्ताहरु उम्मेदवारी दर्ता गराएको नेता भरोसी यादवले बताए। पालिकाका जनताले अवसर दिए हामीले गरि देखाउने वहाको धारणा थियो । वार्ड नम्बर २ बाट जय प्रताप  साह , ३ बाट वसन्त सदाय  , ५ बाट भरत  यादव छन् । नगर अध्यक्षका उम्मेदवार पवन  यादव पार्टीको युवा जनमत संघका  अध्यक्ष पनि हुन। निकै चर्चामा रहेका उम्मेदवार यादव युवाहरुको प्रतिनिधित्व पात्र हुन् ।

दलित समुदायबाट हाल सम्म बढीमा सदस्यको टिकट दिएर लोभयाउने परम्परा रहेको लाई चिर्दै जनमत पार्टीले हामी जस्तो दलित निमुखा वर्गकि दलित महिलालाई उपमेयरको उम्मेदवार बनाउनु आफैमा परिवर्तनको नया शुरुवात भएको हाम्रो ठहर छ। यसतो अवसर बार बार न आउने हुदा यस पटक  जनमतको लाउड्स्पिकरमा मतदान गरि दलित समुदायलाई  शोषित बाट शासन सत्तामा पुर्याउनु पर्ने नेतृ रामले बताईन।
वहाँ यस अघि शिक्षणमा आबद्ध थिइन् ।

आफुहरुको महत्वपूर्ण एजेन्ड जन्ताराज , भ्रष्टाचार मुक्त , आधुनिक र गुणस्तरीय शिक्षा , स्वास्थ्य , रोजगार , कृषिमा क्रान्ति रहेको बताउदै नेता राम यादबले जनता मौका दिए यी एजेन्डाहरुलाई कार्वयनयन गरि समृद्ध समाज निर्माण गरि देखाउने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.