दिपेन्द्र यादव २९ चैत , सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न. २ तुलसीपुर  निवासी हित लाल साह र रामकुमार यादव  डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रबेश गरेको छ। सिरहाको औरही गाउँपालिका वार्ड न. २ जनमत पार्टी कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रमबाट नेता साह र यादव माओवादी  परित्याग गरि जनमतमा प्रबेश गरेको जनमत पार्टीका नेता रामप्रबेश यादवले बताए ।

पढेलेखेका जिनियस र समाज परिवर्तनका सपना देख्नेले राजनीतिमा सहभागी नभएकै कारण शिक्षित माथी अशिक्षितले शाषण गर्दै आएको छ। तसर्थ यसलाई बदलेर जनताराज ल्याउने एक मात्र पलेटफर्म जनमत रहेकोले जनमतमा प्रबेश गरेको उनीहरुको भनाइ छ।

अरु सबै ट्याबलेट इस्तमाल गरेर हेरिसके । बिमारी निको हुनेको त कुरा छाड्नुस झन बल्झिन थालेको छ। जनमत नामको एक ट्याबलेट ल्याब बाट जाँच भएर आएको छ। यसै ट्याबलेटले मधेश लाई कल्याण गर्ने वहाको धारणा थियो। स्थानीय चुनाबमा औरहीमा जनमत पार्टीको जनमत बलियो छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.