दिपेन्द्र कुमार यादव , १३ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सिरहाको औरही गाउँपालिका वार्ड न.१ को अध्यक्ष पदमा रामभुवन यादवले उम्मेदवारी दिएको छ। भने गाउँपालिका अध्यक्ष पदमा संजय यादव र उपाध्यक्ष पदमा गणिता यादव छ्न। सोमबार दिउसो पार्टीका तर्फबाट पाँच वटै वडामा उम्मेदवारी दर्ता गराएको नेता सतेन्द्र यादवले बताए। वार्ड नम्बर १ बाट रामभुवन यादव , २ बाट परसुराम यादव , ३ बाट कुसेस्वर यादव , ४ बाट देब नारायण यादव र ५ बाट दिलिप कुमार यादव छन् । वहाँ यस अघि वडा अध्यक्ष हुनु हुन्थ्यो । वडा अध्यक्षका उम्मेदवार रामभुवन यादव स्नातक ( व्याचलर ) गरेका छन भने पार्टीको पालिका अध्यक्ष पनि हुन। निकै चर्चामा रहेका उम्मेदवार यादव युवाहरुको प्रतिनिधित्व पात्र हुन् ।
आफुहरुको महत्वपूर्ण एजेन्ड जन्ताराज , भ्रष्टाचार मुक्त , आधुनिक र गुणस्तरीय शिक्षा , स्वास्थ्य , रोजगार , कृषिमा क्रान्ति रहेको बताउदै नेता राम यादबले जनता मौका दिए यी एजेन्डाहरुलाई कार्वयनयन गरि समृद्ध समाज निर्माण गरि देखाउने बताउनु भयो। केही दिन अगाडि यही औरही गाउँपालिकामा गहुको बीउ लुटिएको बिषयमा किसानहरु माथी जबर्जस्ती झुठा मुद्दा लगाएर दमन गरेपछी जनमत पार्टी प्रतिकार गरेका थिए भने किसानको हकमा देश व्यापी आन्दोलन नै गरेका थिए। पक्राउ परेका किसानलाई रिहा गराउन सफल भएकोले पनि सिरहाको औरहीमा जनमत पार्टीको चर्चा निकै देखिन्छ। सयौं बोरा गहुको बीउ गोदाममा थन्काएर बितरण नगरे पछि जनता लगेका थिए।
गाउँपालिका अध्यक्षका उम्मेदवार यादव काठमाडौको त्रिभुवन विश्व बिद्यालय बाट स्नातकोत्तर गरेका छन् । यादव जनमत पार्टीका केन्द्रिय सचिब हुन। भारतको महाराष्ट्रमा युवा नेतृत्व प्रशिक्षण पाएका यादव एक राजनैतिक प्रशिक्षक पनि हुन। जनमत पार्टीमा केन्द्रिय युवा अध्यक्ष देखि प्रशिक्षण बिभाग समेत सम्हालेका थिए।



