दिपेन्द्र यादव ,०७ बैशाख सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट औरही गाउँपालिका वडा न. ४ को वडा अध्यक्षमा देवनारायण यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको वडा कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता पंकज सिंह दनुवारले जानकारी दिए । यादव पार्टीका बरिस्ठ नेतृत्व मण्डलका केन्द्रिय सदस्य हुन् ।

०७४ सालको निर्वाचनमा औरहीमा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादव निर्वाचित भएका थिए । यो पालिकामा अहिले जनमत पार्टीको पकड बलियो छ। गाउँपालिका अध्यक्षमा भने संजय कुमार यादव लडने यस अघि नै निर्णय भैसकेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.