दिपेन्द्र यादव २९ चैत , सिरहा : सिरहाको कल्याणपुर नगरपालिका निवासी श्री रामबाबु साह डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रबेश गरेको छ। सिरहाको कल्याणपुरमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट रामबाबु साह काङ्ग्रेस परित्याग गरि जनमतमा प्रबेश गरेको नेता रबिन्द्र ठाकुरले बताए ।

पढेलेखेका जिनियस र समाज परिवर्तनका सपना देख्नेले राजनीतिमा सहभागी नभएकै कारण शिक्षित माथी अशिक्षितले शाषण गर्दै आएको छ। तसर्थ यसलाई बदलेर जनताराज ल्याउने एक मात्र पलेटफर्म जनमत रहेकोले जनमतमा प्रबेश गरेको नेता साहले बताए।

अरु सबै ट्याबलेट इस्तमाल गरेर हेरिसके । बिमारी निको हुनेको त कुरा छाड्नुस झन बल्झिन थालेको छ। जनमत नामको एक ट्याबलेट ल्याब बाट जाँच भएर आएको छ। यसै ट्याबलेटले मधेश लाई कल्याण गर्ने वहाको धारणा थियो। स्थानीय चुनाबमा कल्याणपुर नपामा जनमत पार्टीको जनमत बलियो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.