दिपेन्द्र यादव २९ चैत , सिरहा : डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा सिरहाको कर्जन्हा नगरपालिका निवासी पिएचडी होल्डर डा. अशोक साह सहित दर्जनौं नेताकार्यकर्ता प्रबेश गरेको छ। सिरहाको कर्जनहामा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा डा. साह , श्रवण यादव , कृष्ण कर्ण , लक्ष्मी नारायण यादव , भरोसी सदाय प्रबेश गरेको नेता बिरेन्द्र गामीले बताए।
चिनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजी बाट पि.एच.डि गरेका डा. साह चिनमै करिब तीन वर्ष शिक्षण पेसामा आवद्ध रहेका थिए। पछि नेपाल फर्किएर अहिले जनकपुरको मोडेल कलेजमा कोर्डिनेटरको रुपमा कार्यरत छन् । पढेलेखेका जिनियस र समाज परिवर्तनका सपना देख्नेले राजनीतिमा सहभागी नभएकै कारण शिक्षित माथी अशिक्षितले शाषण गर्दै आएको छ। तसर्थ यसलाई बदलेर जनताराज ल्याउने एक मात्र पलेटफर्म जनमत पार्टी रहेकोले आफू जनमत पार्टीमा प्रबेश फरेको बताए।
आसन स्थानीय तहको निर्वाचनमा डा. साह कर्जन्हा नगरपालिकाको मेयर पदमा उम्मेदवारी समेत दिने जानकारी गराए। त्यसतै जनमत पार्टीबाट उपमेयरमा भन्ने संजु देबी महतो प्रतिस्पर्धा गर्ने जनाएको छ।



