काठमाडौं,२५ चैत्र : धनुषा जिल्लाको सबैला नगरपालिकामा डा.सीके राउत नेतृत्वको जनमत पार्टी जित्ने एक सर्वेक्षणको रिपोर्टले देखाएको छ । जनमत पार्टीबाट उम्मेदवार बनेका बीपी साहले व्यक्तित्व र समाजिक योगदानका कारण विजयी हुने रिपोर्टमा जनाइएको छ ।

सबैला नगरपालिकाको कुल ३२ हजार २ सय २० जना मतदाता रहेका छन् भने २७ मतदान स्थल र ४२ मतदान केन्द्र रहेको छ । ४२ मतदान केन्द्रका झण्डै ४ हजार मतदातामा गरिएको सर्वेक्षणले जनमत पार्टीका उम्मेदवार बीपी साह ७ हजारभन्दा बढी मत ल्याएर विजयी हुने देखाएको छ ।

सर्वेक्षणमा जनमत पार्टीका उम्मेदवार बीपी साह विजय हुनुको १० वटा निम्न कारण खुलाइएको छ ।
१) डा.सीके राउतको लहरको प्रभाव
२) बीपी साहको शिक्षित एवं स्वच्छ छबी
३) १८ देखि २२ वर्ष उमेर समूहका थपिएका ५ हजार युवा मतदाताको आकर्षण डा.राउत र बीपी साहप्रति
४) जनमत पार्टीको अनुशासित एवं संगठित मत
५) अन्य पार्टीहरुबाट निरासा भएका मतदाताको नयाँ आशा भरोसा
६) बीपी साह विभिन्न आन्दोलनमा सरिक भएको प्रभाव
७) बीपी साहको व्यक्तिगत सम्बन्ध एवं नेटर्वकिङ्ग मोडल
८) प्रचारप्रसारको आधुनिक तरिका
९) शिक्षित एवं व्यापारी समुदायको समर्थन
१०) पूर्वमन्त्री मातृका यादवको भ्रष्टाचार विरुद्ध एकलै उभिन सक्ने बीपी साहको निडर छवी

अन्य थप कारणहरुले जनमत पार्टीका उम्मेदवार बीपी साहले सबैला नगरपालिकाको मेयरमा विजय हुने सर्वेक्षणले देखाएको छ । यसअघि नेपाली कांग्रेसले ५२ सय मत ल्याएर मेयरमा जितेको थियो भने जनमत पार्टीका उम्मेदवार बीपी साहले यस पटक ७ हजारभन्दा बढी मत ल्याएर विजयी हुने सर्वेक्षणमा सहभागी मतदाताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.