दिपेन्द्र कुमार यादव , २१ चैत / सिरहा: डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा सिरहाको बिष्णुपुर गाउँपालिका निवासी डा. सत्या यादव प्रबेश गरेको छ। सिरहाको बरियारपटीमा आयोजित चुनावी सभा तथा पार्टी प्रबेश कार्यक्रममा आफू जनमतमा प्रबेश गरेको डा. यादवले बताउनु भयो।

बर्तमन अवस्थामा हाम्रो देश शासन वयवस्थामा भरिपुर्ण रहे पनि अयोग्य जनप्रतिनिधिका कारण भ्रष्टाचार जस्तो धमिरा सल्बलाईरहेको छ। जस्का कारण देश नै संकटमा पर्ने खतरा बढेको छ। यस अवस्थामा देशलाई निकास दिन तथा आफ्नो पालिका लाई देशमै नमुना बनाउ जनमत पार्टीमा प्रबेश गरेको वहाको भनाई थियो। डा. यादव जनमत पार्टी बाट गाउँ पालिका अध्यक्ष पदमा चुनाब लड्ने तयारी रहेको समेत बताए।

विभिन्न पार्टीहरु लाई पटकपटक हेरियौ, मौका दियौ तर हरेकले आश्वासन देखाउने बाहेक केही गरेन। आफुलाई माओवादी भन्नेहरु खाउवादी भए भने मधेशवादी भने जसपा सहिद बेचुवा भएको प्रमाणीत भैसयो। त्यसैले आफै राजनीतिमा लागेर कचरा राजनीति लाई सफाई गर्ने निधो गरे: यादवले भन्नुभयो । अहिले मधेशमा जनमत पार्टी प्रतीको क्रेज बढ्दो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.