बरियारपट्टी , दिपेन्द्र यादव /१६ चैत : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत पर्सि शुक्रबार सिरहाको बरियारपट्टी आउने कार्यक्रम रहेको छ।जनमत पार्टी बरियारपट्टी गाउँपालिकाले आयोजना गर्ने चुनावी सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न डा. राउत बरियारपट्टी आउने नेता डा.दिनेश प्रसाद यादवले बताए।

पार्टी अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा शुक्रबार १२ बजे बरियारपट्टीको दुर्गा मन्दिर प्राङ्गणमा हुने विशाल सभामा हजारौंको संख्यामा आमजनसमुदायको सहभागित रहने नेता जीतन यादवले बताए ।

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलगाइत पार्टीका नेता,कार्यकर्तालगाइतका व्यक्तिहरुको उपस्थितिमा आमसभा हुन गैरहेको नेता यादवले बताए । सो विशाल आमसभामा किसान,शिक्षक ,कर्मचारी ,बुद्धिजीवी ,व्यपारी ,समाजसेवी , युवा,विद्यार्थी र महिलाहरुलाई समेत सहभागी हुनको लागि अनुरोध गरिएको छ। कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.