सिरहा: डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफना पार्टीको पकड भएको जिल्लाहरुबाट स्थानीय तहको निर्वाचनमा भिड्ने निर्णय गरिसकेको छ। जसका लागि निर्वाचन आयोगमा जनमत पार्टी दर्ता समेत भैसकेको छ। त्यसैको तयारीमा लागेका जनमत पार्टी सिरहाले पनि आफ्नो तयारी पूरा गरेको छ।

पार्टीले उम्मेदवार सिफारिस गरि पठाउन दिएको समय सिमा भित्र हामी सिरहाका १७ वटै स्थानीय तहबाट वडा देखि पालिका तथा नगर सम्मको उम्मेदवार सिफारिस गरि केन्द्रिय कमिटीमा बुझाइ सकेको जनमत पार्टी सिरहा जिल्ला सचिब सन्तोष यादबले बताए । हामीले सिफारिस पठाईसकेका छौं , पार्टीले त्यस उपर जाचबुझ गरि हामीलाई अन्तिम नामावली पठाउने छ। त्यसकै आधारमा हामीले उम्मेदवार उठाउने छौं ।

उम्मेदवार सिफारिसकै क्रममा हामीले सहमति मिलाएर पठाएका छौं । त्यस मध्ये जो कोहीलाई पनि टिकेट मिले हामी हामी सम्पुर्ण कार्यकर्ता सहयोग गर्ने र जसरी पनि चुनाब जित्ने रणनीतिका साथ अगाडि बढ्नेमा प्रतिबद्ध छौ। १७ वटै स्थानीय तहमा कार्यकर्ताहरुलाई समेत चुनाबी तयारीमा जुट्न जिल्ला कमिटीको तफबाट आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.