हुलाकी न्यूज, न्यूयोर्क सिटी, २५ मंसिर । ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुले विभिन्न कार्यक्रम गरेका छन् ।

अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुको संस्था एन्टा र मानवअधिकारवादी संस्था मधुरको सक्रियतामा मधेशीहरु आबद्ध विभिन्न संघसंगठनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि मैनबत्ती बालेर प्रदर्शन गरेका हुन् ।

निर्दोष र शान्तिप्रिय मधेशीको हत्या गर्नेहरुमाथि कारवाही गर्न र मधेशीमाथि भइरहेको दमन तथा मानवअधिकार उल्लंघन रोक्न उचित कदम चाल्न राष्ट्रसंघीय सुरक्षा परिषद, अमेरिकी सरकार र विश्व समुदायको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

यसैबीच, एन्टाले मधेश डिसेम्बर १३ आईतबारका दिन मधेश आन्दोलनको समर्थनमा न्यूयोर्कमा निकालिने साइकल जुलुसमा सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण मधेशी समुदायलाई आग्रह गरेको छ ।

एन्टाका पदाधिकारीहरुले न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयसहित मुख्य ठाउँहरुमा साइकल जुलुसले परिक्रमा गर्ने जनाउँदै सम्पूर्ण मधेशी समुदायलाई उपस्थित भइदिन आग्रह गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.