सिरहा : सिरहाको औरही गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) मा पहिरो लागेको छ। जसपा नेपाल औरही गाउँपालिकाबाट एक पछि अर्को नेताहरुले पार्टी छाडन थाकेला छन। तत्कालीन संघीय समाजवादी पार्टी औरही बाट वडा न.५ मा वडा अध्यक्षका प्रत्यासी एबम बर्तमन जसपाका प्रभावशाली नेता नवल किशोर यादवले आज बिधिवत रुपमा प्रेस विज्ञपति जारी गर्दै पार्टी बाट राजिनामा दिएको घोषणा गरेका छन। नेता यादवले पार्टीमा भ्रष्टाचारी, दुराचारी , अन्तरघाती , चापलुसी र पैसा बलाहरुको बोलबाला रहेकोले आफुलाई यो पार्टीमा रहन औचित्य नभएको बताएका छन।

यस अघि जनता समाजबादी पार्टीकै अर्का प्रभावशाली नेता रामअशिष यादवले पनि पार्टीबाट आफुलाई टिकट नदिई अर्कै पैसा बला नेतालाई चुनाब लडनका लागि प्रबेश गराएको भन्दै आफु स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेको छ। नेता यादव पनि जसपाका दिग्गज नेता थिए।

यसरी हेर्दा सिरहाको औरहीमा जसपा विलय हुने अवस्थामा पुगेको आकलन हुन थालेको छ। चुनाबी रणनीतिलाई हेर्दा औरहीको राजनीतिमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यस अघि माओवादी , जसपा र काङ्ग्रेसले चुनावी प्रतिस्पर्धा गरेकोमा यस पटक भने डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आगमनले खैलाबैला मचिरहेको देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.