सिरहा: सिरहाको औरही गाउँपालिकामा आज ११२ औं नारी दिवस मनाइएको छ। सर्वदलीय आयोजन समिती औरही गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका हजारौं महिला तथा महिला अधिकारकर्मीहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय सदस्य रामरिझन यादवले सुब्बा औरहीलाई औरही बनाउने र जमिनदारी शासनलाई अन्त गर्ने महिलाहरु नै भएको बताए । वहाले औरहीको एतिहासिक घटना क्रमलाई स्मरण गराउदै औरहीका जमिनदार बृजलाल सुब्बाले नवकन्या महिला प्रती गर्दै आएको अन्याय र घृणीत कार्यलाई प्रतिकार गर्ने , महिलालाई स्तन काटेको बिरोधमा खडा भइ त्यस किसिमको अन्यायलाई उखालेर फाल्ने नारी ( महिला ) भएको बताउदै नारी शक्ति प्रती गौरन्वान्बित महसुस भैरहेको बताए । नारी चाहे भने जुनसुकै किसिमको बदलाब ल्याउ सक्ने बताउदै नेता यादवले नारी शक्तिले आफ्नो शक्तिको प्रयोग गर्ने समय आइसकेको बताए।

कार्यक्रममा बोल्दै अर्का बक्ता जनमत पार्टीका नेता दिपेन्द्र यादवले महिला अधिकारको नाममा महिलाहरुलाई अहिलेका जनप्रतिनिधिहरुले औंठा छापको लागि मात्र अधिकार दिने गरेको गुनासो गर्दै यो बिभेदपुर्ण अधिकार बाट माथी उठनु पर्ने बताउनु भयो । बिकास निर्माणका लागि गठन हुने उपभोक्ता समिती देखि लिएर विभिन्न कामकारवाहीहरुमा दिने महिला प्रतिनिधिहरुलाई हस्ताक्षरका लागि मात्र प्रयोग गर्ने गरेको सन्दर्भ जोडदै नेता यादवले यो महिला प्रतिको विभेद अन्त गर्नुपर्ने बताए। नेता यादवले महिला शक्ति बर्तमान अवस्थामा देशको बागडोरमा महत्वपूर्ण हिसा लिन सक्ने भएपनी त्यसतो देखा नपरेकोले यस प्रती सम्पुर्ण पक्षले सोच्नु पर्ने बताए। देशको आधा भन्दा बढी जनसंख्या ओगटेकी महिला शक्तिले चाहे भने सरकार निर्माण जस्तो महान पर्वमा समेत हिसा लिएर सबल ,सक्षम र योग्य उम्मेदवार लाई छनौट गर्न सक्ने भएकोले महिलाहरुलाई जागृत हुनुपर्ने बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनता समाजवदी पार्टीका कार्यकारीणी समिती सदस्य हिसिला यमी , अतिथिको रुपमा जसपाका केन्द्रिय सदस्य रामरिझन यादव , महिला अधिकार रक्षक नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ३०० भन्दा बढी जेष्ठ नागरिक हरुलाई दोसल्ला , अबिर र मालाले सम्मान सनेत गरेको थियो ।




