सिरहा: सिरहाको औरही गाउँपालिकामा आज ११२ औं नारी दिवस मनाइएको छ। सर्वदलीय आयोजन समिती औरही गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका हजारौं महिला तथा महिला अधिकारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै जनमत पार्टीका नेता दिपेन्द्र यादवले महिला अधिकारको नाममा महिलाहरुलाई अहिलेका जनप्रतिनिधिहरुले औंठा छापको लागि मात्र अधिकार दिने गरेको गुनासो गर्दै यो बिभेदपुर्ण अधिकार बाट माथी उठनु पर्ने बताउनु भयो । बिकास निर्माणका लागि गठन हुने उपभोक्ता समिती देखि लिएर विभिन्न कामकारवाहीहरुमा दिने महिला प्रतिनिधिहरुलाई हस्ताक्षरका लागि मात्र प्रयोग गर्ने गरेको सन्दर्भ जोडदै नेता यादवले यो महिला प्रतिको विभेद अन्त गर्नुपर्ने बताए। नेता यादवले महिला शक्ति बर्तमान अवस्थामा देशको बागडोरमा महत्वपूर्ण हिसा लिन सक्ने भएपनी त्यसतो देखा नपरेकोले यस प्रती सम्पुर्ण पक्षले सोच्नु पर्ने बताए। देशको आधा भन्दा बढी जनसंख्या ओगटेकी महिला शक्तिले चाहे भने सरकार निर्माण जस्तो महान पर्वमा समेत हिसा लिएर सबल ,सक्षम र योग्य उम्मेदवार लाई छनौट गर्न सक्ने भएकोले महिलाहरुलाई जागृत हुनुपर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनता समाजवदी पार्टीका कार्यकारीणी समिती सदस्य हिसिला यमी , अतिथिको रुपमा जसपाका केन्द्रिय सदस्य रामरिझन यादव , महिला अधिकार रक्षक नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ३०० भन्दा बढी जेष्ठ नागरिक हरुलाई दोसल्ला , अबिर र मालाले सम्मान सनेत गरेको थियो ।




