हुलाकी न्यूज,जनकपुरधाम l नेकपा एमालेको जनकपुरधाम नगरकमिटि अध्यक्षमा जनकपुरधामका चर्चित युवा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

मंगलवार जनकपुरधाममा आयोजित एमालेको नगरकमिटि अधिवेशनले भण्डारीको नेतृत्वमा युवा सहितको टिम जनकपुरधाम उपमहानगरपालिकामा ल्याएको छ ।

कमिटिको उपाध्यक्षमा संन्तोष कुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रुका मिश्रा र दिपनारायण कुमार साह निर्वाचित भएका हुन । पोलिटब्युरो सदस्य नेतृ जुली महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, वरिष्ठ नेता गंगाराम यादव सहितको बाक्लो उपस्थितीका बिच भएको नगर अधिवेशनले भण्डारीको नेतृत्वमा युवाको नगर टिम ल्याएको छ ।

अधिवेशनमा उपस्थित नेताहरुले सोमवार भएको भनिएको नगर कमिटिको अधिवेशन आधिकारिक नरहेको भन्दै भ्रममा नर्पन पार्टीका सवै तहमा आग्रह गरेको छ । नगर अध्यक्ष भएका भण्डारी जनकपुरधाम उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा झिनो मतान्तरले निर्वाचन समितिले पराजित घोषणा गरिएपनि भएपनि उनी अस्वीकार गर्दै अदालत पुगेर चर्चा कमाएका छन ।

साथै उनी संघको विभिन्न पदाधिकारी पदहरुमा निर्वाचित हुदै उपाध्यक्ष सम्म भएर कुशलता पुर्वक व्यापारीहरुको नेतृत्व गरिसकेका छन् भने एमालेको जिल्ला र प्रदेश कमिटि सदस्य समेत भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.