सिरहा ,१३ फाल्गुन /दिपेन्द्र यादव: सिरहा लगायत तराई मधेशका जिल्लामा डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेशको लहर चलिरहेको छ।
शुक्रवार सिरहाको सुखिपुर नगरपालिका वडा न.५ लडकन्हामा निर्वाचित जनप्रतिनिधि देखी समाजसेवीले जनमत पार्टीमा प्रबेश गरेको छ। वडा पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाबाट निर्वाचित वार्ड सदस्य अजय यादव तथा एमालेबाट वार्ड सदस्यका प्रत्यासी कैजुम अन्सारी लगायत दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रबेश कार्यक्रममा बोल्दै नवप्रबेशी नेताहरुले भने : नेपाली कांग्रेस ,एमाले ,माओवादी र जसपालगाइतका पार्टीहरु मधेशको नाममा राजनीतिक रोटी सेक्ने बाहेक अरु केही नगरेकोले आफुहरु पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेको बताए। जनमत पार्टी मात्र मधेशको अधिकार र समृद्धिको कवच रहेकोले हामी सबै यश पार्टीमा बल लगाएर अगाडि बढ्नु पर्ने छ।

नव प्रवेशीहरुलाई जनमत पार्टीका जिल्ला सचीव सन्तोष कुमार यादवले अबिर फुलमाला लगाएर पार्टीमा स्वागत गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.