हुलाकी न्यूज, जनकपुर । जनकपुरमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

 

युवा नेता अजयकुमार साहको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष डा. सि.के. राउत को प्रमुख अतिथिमा जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिका वार्ड न  ७ वाल्मीकि नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र लोसपा परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले २१ सताव्दी बिज्ञान प्राविधिको युगहो यस् युगमा पारदर्शिता ,प्राविधि मैत्री हुनैपर्छ भन्दै जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउदै जनकपुरधामलाई नरकपुर बनाइदिएको बताए छन ।धार्मिक नगरी जनकपुर धामले एउटा इतिहास लिख्ने अवसर मेयर लाल किसोर साहलाई दिएकै हो तर दुरदर्शिताको अभावमा मौका खेर फालेको जिकिर गरेका छन ।

जनकपुरधाममा दुई दिन पानी पर्दा जलमग्न हुने, आगो लाग्दा बारुणयन्त्र बिग्रेको रहने , धार्मिक नगरीमा जताततै फोहोरको थुप्रो हुने तर मेयर करौडौंको गाडी चढने जनकपुरधाम कागजी राजधानी भएपनि व्यवहारमा राजधानी कसरी बन्ने..? उनको प्रश्न रहेको छ । संघिय सरकारले जनकपुरधामलाई दिएको कुल बजेटमा २२ प्रतिशत समेत खर्च हुन नसक्नु र ति २२ प्रतिशतमा समेत ब्रहमलुट मचाईनु र प्रदेश सरकार मुखदर्शन बन्नु जनकपुरधामका लागि बिडम्वना रहेको उनको तर्क छ ।

विकास निर्माणको काममा पिसीको नाममा खुलेआम घुसखोरी भइरहेको उनको तर्क छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई राजमहल जस्तो बनाएर प्रवेशद्वारामा सुरक्षाकर्मी तैनाथ गरि मेयरले राजाशैली प्रदर्शन गरेको उनले बताए । जनकपुरधामको मुख्य प्रवेश स्थल र प्रदेश सरकारको मधेश भवन जाँदा मुख्य सडकमै पर्ने पिडारीचौकमा थुपारिएको फोहरको अवस्था र दुर्दशा कुनै पनि सरकारले नदेखेर जनकपुरधामकै बदनाम गरिरहेको उनको तर्क छ । सो कार्यक्रममा जनमत पार्टी राष्ट्रिय सचीव अनिता साह,केन्द्रिय सदस्य अञ्जली मण्डल ,सजय यादव , युवा नेता तथा गयस व्यबसायी अजय साह सहितका नेताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। पा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.