हुलाकी न्यूज, काठमाडौं । जनमत पार्टीको नेतृत्वमा जारी किसान आन्दोलनको मागहरु सम्बोधन गर्ने सम्बन्धमा संघीय सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खांड र जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी तथा महासचिव चन्दन सिंह बीच छलफल भएको छ ।
सिंहदरबार स्थित गृहमन्त्रालयमा यस अघि पार्टी द्वारा पौष २७ गते सरकारलाई बुझाइएको किसान आन्दोलनका ११ बुंदे माग सम्बन्धी ज्ञापन पत्रका विषयमा छलफल भएको थियो ।
छलफलमा गृहमन्त्री खांडका तर्फबाट किसान आन्दोलन बारे मन्त्री परिषद बैठकमा छलफल गर्ने र किसानका समस्या समाधानका लागी मन्त्रीस्तरीय समिती गठनका लागी प्रयास गर्ने सकारात्मक आश्वासन पाएको पार्टीका महासचिव सिंहले जानकारी दिए ।





किसान को माग छिटो भन्दा छिटो पूरा होस।