सिरहा : भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री एवं माओवादी नेतृ नेतृ शशी श्रेष्ठको आज किसानहरुले सिरहाको कर्जनहामा पुत्ला दहन गरेका छन् ।

सिरहाको कर्जनहामा एक कार्यक्रममा आउन लागेको थाहा पाएपछि किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता र किसानहरुले मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका हुन् । उनीहरुले मन्त्री श्रेष्ठ र कृषिमन्त्री महेन्द्र राय यादवविरुद्ध नाराबाजी समेत गरेका छन् ।

किसानको माग पुरा गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मन्त्रीहरु मधेस आएपछि अवरोध गर्ने घोषणा गरेका थिए । त्यसैले जनमतका कार्यकर्ताहरु मन्त्री श्रेष्ठ विरुद्ध सिरहामा विहानैबाट प्रदर्शनमा उत्रेका छन् ।

मन्त्री श्रेष्ठ भने सिरहाको कर्जनहामा भुमीहिन समुदायको लालपुर्जा बितरण कार्यक्रममा सहभागी हुन आउन लागिएको बुझिएको छ। गरिब तथा भुमीहिनलाई लालपुर्जा बितरण गर्नु स्वागत योग्य छ, कार्यक्रममा हाम्रो कुनै हस्तक्षेप छैन। एक आन्दोलनकारीले भने करिब डेढ महिनादेखी हाम्रो आन्दोलन जारी रहे पनि सरकार नसुनेकोले हामी मन्त्री आउने कार्यक्रममा बिरोध स्वरुप पुतला दहन तथा कालो झण्डा देखाउने गरेका छौं । किसान आन्दोलन प्रती चाडै ध्यान जाओस् हाम्रो माग छ। माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने उनीहरूको भनाई छ।उनको सुरक्षाका लागि ठाउँ ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.