हुलाकी न्यूज, काठमाडौंः १५ वर्षीया मञ्जिता साहले आफ्नो जन्मदिन मनाउने पैसा किसान आन्दोलनमा सहयोग गरेकी छिन्।
सुनसरी स्थायी घर भएकी मञ्जिता काठमाडौंस्थित सैनिक महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। आफ्नो परिवारका सदस्यहरु पनि किसान भएकोले र किसानको लागि आन्दोलन भइरहेकोले आफ्नो जन्मदिनमा खर्च हुने रकम आन्दोलनमा सहयोग गरेको बताइन्।
किसान आन्दोलनका लागि आर्थिक सहयोग माग गरिएको बैंक अकाण्टमा मञ्जिताको परिवारबाट ११ हजार रुपैंया पठाइएको छ। मञ्जिताले किसान आन्दोलनमा सहयोग गर्न पनि आग्रह गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.