सिरहा : किसान आन्दोलन अन्तर्गत भोलीदेखि जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गर्ने भएको छ ।राजमार्गमै बस्ने, खाना पकाएर खाने र सवारी साधन चल्न नदिने जनमत पार्टीका कार्यकर्ताहरुले आज मशाल जुलुस प्रदर्शन गरेर उद्घोष गरेका हुन् । जनमतका नेता दिपेन्द्र यादवका अनुसार स्कूल बस,एम्बुलेन्स , सब बाहन , दुध बोकेका गाडी, पत्रकार , मानव अधिकारकर्मी लगायतका अत्यावश्यक सवारी साधनलाई भने अवरोध गरिनै छैन ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर आन्दोलन गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर राजमार्ग बन्द गर्न लागेको जनमत पार्टीले जनाएको छ ।



