लहान । सिरहा सदरमुकाममा आज जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत गोरुगाडा जुलुस प्रदर्शन गरेको छ ।गाउँ गाउँबाट गोरुगाडा लिएर सिरहा सदरमुकाम आएका जनमतका कार्यकर्ता र किसानहरुले किसानको माग पुरा गर , किसान एकता जिन्दावाद , कृषि मन्त्री मुर्दावाद , यो गोरु कस्तो कृषि मन्त्री जस्तो लगायतका नारा लगाउदै प्रदर्शन गरेका हुन् ।

पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार आज गोरुगाडा जुलुस प्रदर्शन गरेको जनमत पार्टीका नेता सन्तोष यादवले बताए । आन्दोलन अन्तर्गत आज सप्तरी, धनुषा, महोत्तरी लगायतका तराई मधेसका जिल्लाहरुमा समेत किसानहरुले गोरुगाडा जुलुस प्रदर्शन गरेका छन् ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलित छ ।



