अर्कना खातुन, काठमाडौं, १८ भदौ । नेपालगंजमा शुक्रबार मुस्लिम समुदायले रैली निकालेका छन् । शुक्रबारको नमाजपछि नेपालगंजमा नेपाल मुस्लिम संघर्ष समितिको आयोजनामा जैशपुरबाट निकालिएको रैली नेपालगंजको ईदगाहको त्रिभुवन चोक हुँदै सि.डि.ओ कार्यलयमा पुगेर सम्पन्न भएको थियो ।

प्रदेशको सीमांकनको विरोधमा विगत २५ दिनको आन्दालनले गर्दा उपमहानगरपालिका पूर्ण रुपमा ठप्प रहेको छ । आन्दोलनमा समर्थन जनाउँदै सीमांकन सच्याउनुपर्ने मागका साथ स्थानीय मुस्लिम समुदायले रैली निकालेका हुन् । उनीहरुले नवलपरासी देखि कंचनपुरसम्म थरुहट अवध मधेश प्रदेश घोषणा गर्न र नेपालगंजलाई प्रादेशीक राजधानी कायम गर्न माग गरेका थिए ।

उनीहरुले दलित र महिला सरह मुस्लिम समुदायलाई पनि विशेषाधिकारको दिइनुपर्ने माग गर्दै नँया बन्ने संविधानमा संवैधानिक मुस्लिम आयोग सुनिश्चित गर्न दबाब दिएका छन् ।

थारु र मधेशीको आन्दोलनमा समर्थन जनाउँदै स्वायत्त मधेश प्रदेशको मागमा स्थानीय मुस्लिम समुदाय सडकमा आएको हो । लोकतान्त्रिक मुस्लिम मंच नेपालगंजका अध्यक्ष मुन्नवार अलि हलवाईले संघीयताको सीमांकनविरुद्ध स्वायत्त मधेश प्रदेशको माग गरिएको बताए । रैलीमा सहभागी प्रदर्शनकारीले संवैधानिक मुस्लिम आयोगको गठन, संविधानमा मुस्लिमको पहिचान सुनिश्चित गर्न र कञ्चनपुर कैलाली नटुक््रयाउन माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.