
हुलाकी न्यूज, जनकपुरधाम : नेपाली उपभोक्ता संरक्षण महासंघको मधेश प्रदेश अध्यक्षमा राजुकुमार साह चयन भएका छन् ।
मधेश प्रदेशभरी सामाजिक क्षेत्रमा सक्रिय युवा साहलाई महासंघले मधेश प्रदेश अध्यक्षमा मनोनयन गरेको हो ।
विभिन्न संघ संस्थामा आवद्व भई सक्रियता पुर्वक समाजिक गतिविधीमा क्रियाशिल जनकपुरधाम २ का साहलाई महासंघले उपभोक्ताको हकहितमा काम गर्न जिम्मेवारी दिएको छ ।
उपभोक्ताहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले साहलाई प्रदेश अध्यक्षमा चयन गरिएको जानकारी दिएका छन् ।
साह नेपाल वैश्य युवा संघका मधेश प्रदेश अध्यक्षसमेत रहेका छन् ।
अध्यक्ष साहले मधेशमा जारी किसान आन्दोलनमा समर्थन गर्दै आएका छन् । किसान पनि विभिन्न उत्पादनहरुको उपभोक्ता भएकोले किसान आन्दोलनमा आफ्नो समर्थन रहने जनाउँदै साहले किसानहरुको माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।



