जनकपुर : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले कृषि मन्त्रीलाई काठमाडौको महलबाटै थुतेर भए पनि जनता समक्ष ल्याउन आवस्यक रहेको बताएका छन् । महिनौं देखि किसान आन्दोलन चलिरहेपनी कृषि मन्त्री र सरकार कानमा तेल हालेर सुतेको भन्दै यसतो बताएका हुन।
उनले आफ्नो फेसबूक वालमा लेखेका छन :
कति चित्त दुख्छ, जब मुटु कमाउने चिसोमा एक महिनादेखि
काखमा बच्चा बोकेर हाम्री दिदीबहिनीहरू आन्दोलनमा आउँछिन्, बा उमेरमा वृद्धहरू आफ्नो अशक्त जीउमाथि हलो बोकर धाउँछन्, हिड्नै नसक्नेहरू व्हीलचेयरमै र्यालीको मोर्चा सम्हालिरहेका छन्, तर यी कृषि मन्त्री र नेपाल सरकार कानमा तेल हालेर काठमाडौंमा सुतिराखेको छ। हरेक दिन आन्दोलनकारीका आंखा आशा बोकेर आउँछन् र निराशिएर फर्किन्छन्।यिनीहरूलाई के जवाब दिऊँ जस्तो लाग्छ। कतिसम्मको निर्लज्ज संवदेनाहीन मन्त्री र सरकार छन्।कृषिमन्त्रीलाई काठमाडौंको महलबाटै थुतेर भए पनि जनतासमक्ष हाजिर गराउनु आवश्यक छ । बाकी जनताले निर्णय गर्नेछन।
जनमत पार्टीको नेतृत्वमा अहिले किसान आन्दोलन चलिरहेको छ। किसान लाई मलखाद्यको वयवस्था गर , उखु किसानको भुक्तानी गर , कृषि बिद्युत निशुल्क गर , किसान लाई पनि पेन्सनको वयवस्था गर , किसान कार्ड लागू गर , किसानलाई बालीनाली क्षति बापतको राहत दे लगायतका ११ बुन्दे माग किसानहरू उठाउदै आएको छ।



