लहान : मधेश आन्दोलनका प्रथम सहित रमेश महतो लगायतका सहिदहरुलाई जनमत पार्टीले श्रद्धाञ्जली दिएका छन । पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजीत यादव सहितका टोलीले एक कार्यक्रम बिच श्रद्धाञ्जली अर्पण गरेको नेता सन्तोष कुमार यादवले जानकारी दिए।

मधेश अधिकारका लागि भएको प्रथम मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरुको स्टयाचुमा लहान स्थित सहिद चौकमा फुलमाला सहित श्रद्धाञ्जली अर्पण गरेका नेता यादवले मधेशको नाममा राजनिती शुरु गरेकाहरुले नै मधेशको नाम र पहिचान समेत बेचेकोले उनीहरुलाई मधेश बाट बाइलेटको मार्फत लखेट्नु पर्ने बताए। समग्र मधेश एक प्रदेशका नारा दिएकाहरुले नै अहिले आएर आठ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गर्नु यस प्रदेश बाहेक जिल्लाका सहिदहरुको अपमान भएको प्रतिक्रिया दिए ।
सहिदलाइ सम्मान गर्न नजानेका नेताहरुबाट मधेशी जनताको केही आसा नरहेको प्रतिक्रिया दिदै जनमत पार्टीका केन्द्रिय सचीव नेता संजय यादवले मधेशी जनताको अधिकारका लागि जनमत पार्टी मात्र विकल्प रहेको बताए । किसान हकहितका लागि अहिले मधेश भर चलिरहेको किसान आन्दोलनको बिषय लाई जोड्दै नेता यादवले यीनै काङ्ग्रेस , कम्युनिस्ट र जसपा लोसपाका नेताहरुले किसानका माग पूरा गर्नुको साटो उल्टै किसान आन्दोलनमा दमन गर्न लगाएको र आन्दोलनकारीलाई पक्राउ गरि थुनामा राखेको प्रती दु:ख व्यक्त गरे। किसानको कमाई खाने र अधिकार माग्दा दमन गर्नेहरुको मधेशमा अब कुनै औचित्य नरहेको प्रतिक्रिया दिदै माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने अर्का नेता पंकज कुमार सिंहले बताए । जनमत पार्टी लगायतका पार्टीहरुले माघ ५ गते प्रत्येक बर्ष बलिदानी दिवसको रुपमा मनाउदै आएको छ।



