लहान : बलिदानी दिवसको अवसर पारेर लहानका एक होनहार नेता ताहिर मन्सुर अन्सारी जनमत पार्टीमा प्रवेश गरेको छ। नेपाली कांग्रेस लहान नगर कमिटीको सचीव रहेका नेता अन्सारी आज बिधिवत रुपमा काङ्ग्रेस परित्याग गरि जनमत पार्टीमा प्रबेश गरेको लहान नगर कमिटी अध्यक्ष सुभाष यादवले जानकारी गराउनु भयो।
बर्तमन अवस्थामा तिनै तहका सरकार भ्रष्टाचारमा लिन भैसकेकोले देशलाई भ्रष्टाचार जस्तो धमिरा बाट मुक्त गर्न र मधेसको अधिकार स्थापित गर्न जनमत पार्टीको विकल्प नरहेकोले जनमत पार्टीमा प्रवेश गरेको नेता ताहिर अन्सारीले जानकारी दिए । जनमत पार्टीका केन्द्रिय उपमहा-सचीव इन्द्रजित यादवको हातबाट सदस्ता लिए पछि नेता यादव सहितका टिमले लहान स्थित सहिद चौकमा रहेको मधेस आन्दोलनका प्रथम सहिद रमेश महतो लगायतका सहिदहरुलाई अबिर माला सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।



