हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । तराई मधेशमा सशस्त्र गतिविधि गर्दै आएको भूमिगत संगठन संयुक्त मुक्ति मोर्चाको नामबाट फर्जी विज्ञप्ति जारी गरी अधिवक्ता एवं मानवअधिकारकर्मी दिपेन्द्र झाको फर्जी दस्तखत गरिएको छ । लगभग तीन महिना पहिले असोज ३ गते संयुक्त मुक्ति मोर्चाले निकालेको प्रेस विज्ञप्तिको फर्जी विज्ञप्ति बनाएर त्यसमा अधिवक्ता झाको फर्जी हस्ताक्षर गरिएको विज्ञप्ति सामाजिक संजालमा पाइएको तराई मानवअधिकार रक्षक संजालले जनाएको छ ।

मोर्चाले असोज ३ गते निकालेको वास्तविक विज्ञप्तिमा तीनवटा भूमिगत संगठन अखिल तराई मुक्ति मोर्चा, मधेश मुक्ति टाईगर्स, तराई र तराई कोबराले संयुक्त रुपमा संयुक्त मुक्ति मोर्चा गठन गरेको विवरण उल्लेख गर्दै तीनवटै संगठनका प्रमुखहरुको हस्ताक्षर राखिएको थियो ।

press release of sasastra samuha
हाल सामाजिक संजालमा राखिएको विज्ञप्तिमा सशस्त्र संगठनका तीन प्रमुखसँगै अधिवक्ता झाको नाम र विद्युतिय हस्ताक्षर पनि राखिएको छ । अधिवक्ताको झालाई संयुक्त मुक्ति मोर्चाको सल्लाहकार बताइएको छ ।

यसैबीच, अधिवक्ता झा संस्थापक अध्यक्ष र हाल सल्लाहकार रहेका तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले विज्ञप्ति जारी गर्दै किर्ते विज्ञप्ति तयार गर्ने, वितरण तथा प्रचारप्रसारमा सहयोग गर्ने समूह वा व्यक्तिमाथि कानुनी कारवाही गर्न माग गरेको छ ।

THRD Alliance bigyapti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.